rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

राजमोको वडा भेला सम्पन्न
नेपालगञ्ज । २०७४ वैशाख २५ गते राष्ट्रिय जनमोर्चा कोहलपुर नगरपालिका वार्ड नं १२ को भेलाले राम बहादुर क्षेत्रीको अध्यक्ष्यतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा राधादेवी गिरी, सचिवमा काली बहादुर डाँगी, कोषाध्यक्षमा कमला पौडेल र सहसचिवमा तिलक सुवेदी रहेका छन् । त्यस्तै, सदस्यमा कुलराम थारू, माधव अधिकारी, बालकृष्ण सापकोटा, चन्द्रा क्षेत्री, बालकृष्ण लम्साल र पदम बहादुर शाही रहेका छन् । नयाँ कार्यसमितिले दुइजना सल्लाहकारमा रूद्र आचार्य र पूर्णकला भण्डारीलाई समेत चयन गरेको छ । यसै गरी, वैशाख २३ गते कोहलपुर वार्ड नं १ स्थित शान्ति टोलमा राजमोको टोल समिति गठन गरिएको छ । जसको अध्यक्षमा गोपाल प्रसाद रिजाल, सचिव गणेश बहादुर शाही तथा सदस्यहरूमा आशा रिजाल, प्याउली विक, शोभा शाही, मनवीर विक र एक स्थान रिक्त रहेको छ । यसै क्रममा राप्तीसोनारीमा भई रहेको घरदैलोमा अन्य पार्टी त्यागेर राजमोमा प्रवेश गर्नेको लहर नै चलेको बताइएको छ । ६ गते वैजनाथ गाउँपालिकाको सम्झना बजारमा घरदैलो अन्तर्गत कोणसभा सम्पन्न भएको छ । सभालाई राजमोका जिल्ला अध्यक्ष गौरीलाल कार्की, सल्लाहकार भिम प्रसाद देवकोटा, वैजनाथ गाउँपालिका अध्यक्षका उम्मेदवार मन बहादुर सुनार र उपाध्यक्ष उम्मेदवार प्रतिभा आचार्यले सम्बोधन गर्नु भएको थियो भने राजमो सचिव गुणनिधि आचार्यले सञ्चालन गर्नु भएको थियो । ७ गते कोहलपुर नगरपालिका वार्ड नं १२ र ८ गते वार्ड नं १ मा सम्पन्न घरदैलो कार्यक्रम अन्तरगत पनि कोणसभा सम्पन्न भएका छन् । सभालाई राजमोका जिल्ला अध्यक्ष गौरीलाल कार्की, सल्लाहकार भिम प्रसाद देवकोटा, कोहलपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार बाल कुमारी आचार्य र उपप्रमुख पदका उम्मेदवार गीताराम कँडेलले सम्बोधन गर्नु भएको थियो भने शरद लामिछानेले सञ्चालन गर्नु भएको  थियो ।
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal