rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

राजमोको चुनावी अभियान तीव्र
रोल्पा । राष्ट्रिय जनमोर्चा रोल्पा जिल्लाले अक्टोबर क्रान्ति शतवार्षिकी तथा स्थानीय निर्वाचनको चुनाव अभियानलाई तीव्र रूपमा अगाडि बढाई रहेको छ । २०७४ वैशाख १७ गते खवाङ गाउँपालिकाको भवनमा अभियान कार्यक्रमको उद्घाटन सम्पन्न गरिएको छ । जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मेघनाथ विष्ट रहनु भएको थियो । त्यसै गरी अतिथिहरूमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य वीर बहादुर विष्ट, राजमो जिल्ला सदस्य केबी थापा, अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य मन कुमारी घर्ती र राजमो राङकोट गाउँ समिति अध्यक्ष ओमदेवी घर्ती मगर रहनु भएको थियो । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य धन प्रसाद बुढा मगरको अध्यक्षतामा अगाडि बढेको कार्यक्रमको सञ्चालन राजमो जिल्ला सल्लाहकार हस्तमणि पुन तथा स्वागत खवाङ गाउँ समितिका अध्यक्ष रेजमान बुढा मगरले गर्नु भएको थियो । 

बागबरा बजारमा सभा
वैशाख १८ गते राजमोले चुनावी अभियान अन्तर्गत दुइखोली गाउँपालिकाको बागबरा बजारमा सभा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि दिल बहादुर विक र अतिथिहरू मेघनाथ विष्ट, राजमो जिल्ला सदस्य धन प्रसाद बुढा मगर, नेकपाका प्रतिनिधि जगत बहादुर बुढा मगर, मन कुमारी घर्ती मगर, राजमो राङकोट गाउँ समितिका अध्यक्ष ओमदेवी घर्ती मगर रहनु भएको थियो । केबी थापाको अध्यक्षतामा अघि बढेको कार्यक्रमको स्वागत राजमो जिल्ला सदस्य धन प्रसाद बुढा मगर एवं सञ्चालन हस्तमणि पुनले गर्नु भएको थियो । 

हयाङमा सभा 
वैशाख १९ गते राजमोकातर्फबाट त्रिवेणी गाउँपालिकाको हयाङमा राजमो क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष भागिराम विकको अध्क्षयतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि मेघनाथ विष्ट र अतिथिहरू वीर बहादुर विष्ट, हस्तमणि पुन, अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य मीना विक, त्रिवेणी नुवागाउँका वडा अध्यक्षको उम्मेदवार टीकाराम बुढा, सदस्य उम्मेदवार पूर्ण बहादुर रावत, मिन प्रसाद विक, मनकली विक र देवमाली विक रहनु भएको थियो । 

तीनपानीमा पनि सभा सम्पन्न
वैशाख २० गते त्रिवेणी गाउँपालिका–३, बुढागाउँको तीनपानी बजारमा पनि सभा सम्पन्न भएको छ । राजमो बुढागाउँ समितिका उपाध्यक्ष अख बहादुर ओलीको अध्यक्षता र डम्बर खड्काको सञ्चालनमा अघि बढेको जनसभामा प्रमुख अतिथि मेघनाथ विष्ट हुनु हुन्थ्यो भने अतिथिहरूमा वीर बहादुर विष्ट, हस्तमणि पुन, जनजाति सम्मेलनका जिल्ला अध्यक्ष मोहन सिंह बुढा मगर, महिला सङ्घका जिल्ला कोषाध्यक्ष रविसरा पुन मगर लगायत रहनुभएको थियो । 

देउलीवाङमा सभा
राजमोकातर्फबाट रुन्तिगढी गाउँपालिका अध्यक्षका उम्मेदवार झिक बहादुर पुनको अध्यक्षतामा वैशाख २१ गते राजमोले रुन्तिगढी गाविसको देउलीवाङमा सभा सम्पन्न गरेको छ । 
कार्यक्रममा प्रमुख अतिथि मेघनाथ विष्ट र अतिथिहरूमा धिर बहादुर विष्ट, डम्मर खड्का, हस्तमणि पुन, रविसरा पुन रहनु भएको थियो । राजमो झेनाम गाउँ समितिका अध्यक्ष एवं वडा नं. ८ का वडा अध्यक्षका उम्मेदवार हर्क बहादुर पुनको सञ्चालनमा अघि बढेको सो सभामा अखिल (छैठौँ) का जिल्ला सदस्य रमेश विष्ट, रक्तिम सांस्कृतिक परिवार क्षेत्र नंं. २ का अध्यक्ष टीका पुनको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा राजमो झेनाम गाउँ समितिका सदस्य टोप बहादुर पुन मगरले स्वागत गर्नु भएको थियो । 

घोडागाउँमा पनि सभा 
वैशाख २२ गते राजमो सुवर्णावती गाउँपालिका–१, घोडागाउँमा राजमो घोडागाउँ समितिका अध्यक्ष तथा वडा नं. १ का वडा अध्यक्षको उम्मेदवार रोहित सिंहको अध्यक्षतामा सभा सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि मेघनाथ विष्ट र अतिथिहरू वीर बहादुर विष्ट, हस्तमणि पुन, राजमो जिल्ला सदस्य मेन कुमार मल्ल, राजमो जिल्ला सहसचिव तथा सुवर्णावती गाउँपालिकाका अध्यक्षका उम्मेदवार कर्ण बहादुर गिरी आकाश, महिला सङ्घकी जिल्ला अध्यक्ष एवं सिवर्णावती गाउँपालिकाको उपमेयरका उम्मेदवार चन्द्रासिंह, किसान सङ्घका जिल्ला अध्यक्ष वीर बहादुर रोकाया, शिक्षक सङ्घका जिल्ला अध्यक्ष कमल भट्टराई, अखिल (छैठौँ) का जिल्ला सदस्य गणेश विष्ट रहनु भएको थियो । कार्यक्रमको सञ्चालन (छैठांै) का जिल्ला सदस्य पवित्रा सुनार र स्वागत राजमो जिल्ला सदस्य बुद्धि बहादुर रावतले गर्नु भएको थियो । 

खुङग्रीमा पनि सभा सम्पन्न 
वैशाख २३ गते सुवर्णावती गाउँपालिका–२ खुङग्री बजारमा राजमो खुङग्री गाउँ समितिका अध्यक्ष एंव सुवर्णावती–२ का वडा अध्यक्षका उम्मेदवार मिन कुमार मल्लको अध्यक्षतामा सभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि मेघनाथ विष्ट र अतिथिहरू वीर बहादुर विष्ट, कर्ण बहादुर गिरी आकाश, चन्द्रासिंह र वीर बहादुर रोकाया रहनु भएको थियो । अखिल (छैठौँ) जिल्ला सचिव मिलन सिंह ठकुरीले गर्नु भएको सञ्चालनबाट अघि बढेको कार्यक्रमको स्वागत राजमो खुङग्री गाउँ समितिका सदस्य भिम बहादुर सिंहले गर्नु भएको थियो ।
 
अरेकमा पनि कार्यक्रम सम्पन्न
वैशाख २४ गते राजमोले सुवर्णावती–८, अरेकको रोका टोलमा राजमो अरेकका कोषाध्यक्ष एवं वडा नं. ८ का वडा अध्यक्षका उम्मेदवार भीम बहादुर टमटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रमको प्रमुख अतिथि मेघनाथ विष्ट र अतिथिहरू रक्तिमका केन्द्रीय सदस्य पिमलाल पुन मगर, राजमो प्युठान जिल्ला सदस्य वीर बहादुर गुरुङ, दुर्गा प्रसाद भुसाल, राजमो जिल्ला सहसचिव एवं सुवर्णावतीका अध्यक्ष उम्मेवार कर्ण बहादुर गिरी, चन्द्रासिंह ठकुरी, बुद्धिजीवी सङ्घका जिल्ला अध्यक्ष फत्तेचन्द घर्ती मगर, वीर बहादुर रोकाया र राजमो जिल्ला सदस्य एम कुमार मल्ल रहनु भएको छ । कार्यक्रमको सञ्चालन राजमो अरेक गाउँ समितिका अध्यक्ष पदम बहादुर रोका क्षेत्रीले गर्नु भएको थियो भने स्वागत राजमो अरेक गाउँ समितिका सदस्य उम्मेदवार पिमला क्षेत्रिले गर्नु भएको थियो । 
यी सबै कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोशीलो गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा कलाकारहरू ओविन्द ओली, प्रेम ओली, झविन्द्र सुनार, देवेन्द्र घर्ती, विकास विष्ट, हिमा बुढा र बसन्ता पुन लगायत सहभागी रहनु भएको थियो ।

तिलाचौरमा चुनावी सभा
चुनावी प्रचार अभियानकै क्रममा वैशाख २५ गते तिलाचौरमा सभा सम्पन्न भएको छ ।  राजमो जिल्ला अध्यक्ष मेघनाथ विष्टको अध्यक्षतामा सम्पन्न उक्त सभाको सञ्चालन राजमो वडाचौरका गाउँ समिति अध्यक्ष टेक बहादुर रोकाले गर्नुभएको थियो ।

बाङमा पनि सभा
यस्तै वैशाख २६ गते बाङको माधरमा भएको सभामा सम्पन्न सभाको प्रमुख अतिथि जातीय समता समाजका अध्यक्ष दिलबहादुर वि.क. हुनुहुन्थ्यो । राजमो बाङ गाउँ समितिका अध्यक्ष एवं नुमरी गाउँपालिका वडा नं. १ का वडा अध्यक्षका उम्मेदवार अनाराम पुनमगरको अध्यक्षता तथा बाङ गाउँ समितिका सदस्य दानबहादुर घर्तीमगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा मेघनाथ विष्ट, विखबहादुर विष्ट, हस्तमणी पुन, राजमो जिल्ला सहसचिव आकाश गिरी, शिव विष्ट, दिल वि..सी., किसान सङ्घका रणसुर पुन, युवक सङ्घका कुवेर पुन, महिला सङ्घका विमला पुन, जनजातिका बुद्धबहादुर घर्ती, अखिल (छैठौँ) जिल्ला सचिव मिलन सिंह ठकुरी लगायत अतिथिहरू हुनुहुन्थ्यो । कार्यक्रममा लुम्हरी गाउँपालिका उपाध्यक्षका उम्मेदवार शान्ति पुनले स्वागत गर्नुभएको कार्यक्रममा उम्मेदवारहरू कुमार पुन, बिमा वि.क., घिउकुमारी पुन, भक्त बहादुर रोका लगायतको आतिथ्यता रहेको थियो । 

मिजिङमा समापन
अभियानको समानप सुवर्णपति गाउँपालिका वडा नं. ३ भिजिङ्ग गाविस भवन वैशाश २७ गते भएको थियो । कार्यक्रमको सञ्चालन अखिल (छैठौँ) का वैकल्पिक जिल्ला सदस्य तथा सुवर्णपति गाउँपालिका वडा नं. ३ का दलित महिला सदस्य पदका उम्मेदवार प्रतिभा सुनारले गर्नुभएको थियो । 
भिजिङ्ग गाउँपालिका अध्यक्ष टेक बहादुर विष्टको अध्यक्षता तथा समता समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर वि.क.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । समापन सभामा मेघनाथ विष्ट, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका विर बहादुर विष्ट राजमो नेताहरू हस्तमणि पुन, कर्ण बहादुर गिरी, मिनकुमार मल्ल, केवी थापा, महिला सङ्घका जिल्ला अध्यक्ष तथा सुवर्णपालिका गाउँपालिका उपाध्यक्षका उम्मेदवार चन्द्र सिंह, शिक्षक सङ्घका जिल्ला सहसचिव दुर्गा प्रसाद रोका, सुवर्णपालिका ३ का वडा अध्यक्षका उम्मेदवार जित बहादुर महरा, सदस्इ पदका उम्मेदवारहरू कृष्णराज ओली, कमला गिरी, राजमो अरेश गाउँ समिति अध्यक्ष प्रथम बहादुर रोका क्षेत्री लगायत हुनुहुन्थ्यो । स्वागत किसान सङ्घका जिल्ला अध्यक्ष विर बहादुर रोकायाले गर्नुभएको थियो । 

टोल समिति गठन 
लुमरी गाउँपालिका वडा नं. १ बाङ माधरमा राजमो टोल समिति गठन भएको छ । समितिको अध्यक्ष राम प्रसाद पुनमगर, उपाध्यक्ष तिलक पुनमगर, कोषाध्यक्ष लाले पुनमगर, सचिव रनि पुनमगर, सदस्यहरूमा जयमाला पुनमगर, ब्रिसी पुनमगर, करु पुनमगर रहनुभएको छ ।

हिलेमा टोल समिति गठन
रोल्पा । राजमो रोल्पाले वैशाख ३० गते हिलेमा टोल समिति गठन गरेको छ । कुल बहादुर गुरुङको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा कुले गिरी, सचिव रेखा गिरी, सहसचिव प्रेम बहादुर गिरी तथा सदस्यहरूमा लिला बुढाथोकी, टङ्क गिरी, बेक बहादुर गिरी, दिलसरा गिरी, मोहन गिरी, रेनु गिरी तथा सुर्जन गिरी रहनुभएको छ ।

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal