rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

दाङमा निर्वाचन लक्षित अभियान सञ्चालन
तुलसीपुर । दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सशक्त चुनावी अभियानमा लागेको राष्ट्रिय जनमोर्चा दाङले २०७४ जेठ ५ गते तुलसीपुरमा प्रशिक्षण सम्पन्न गरेको छ । उपमनपा समन्वय समितिका संयोजक द्रोण घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निर्वाचनसँग सम्बन्धित सैद्धान्तिक, प्राविधिक र व्यावहारिक विषयमा प्रशिक्षण दिइएको जिल्ला सचिव गणेश आचार्यले जानकारी दिनु भयो ।
कार्यक्रममा सचिव आचार्यले स्थानीय निकायको निर्वाचनमा प्रयोग हुने मतपत्र, छाप लगाउने तरिका, गाउँ कार्यपालिका र नगर कार्यपालिका गठन हुने प्रकृया लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै, जिल्ला सदस्य तथा तुलसीपुर ६ नं. वडा अध्यक्षका उम्मेदवार इश्वरी भण्डारीले निर्वाचन अघि र मतदानको दिन अपनाउनु पर्ने व्यावहारिक विषयमा प्रशिक्षण दिनु भएको थियो । उपमनपाका अधिकांश उम्मेदवार र अगुवा कार्यक्रता मात्र सहभागी कार्यक्रममा नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले सम्बोधन गर्नु भएको थियो । राजमो तुलसीपुर उपमनपा समन्वय समितिका सदस्य सशील पोख्रेलको सञ्चलालनबाट सुरू भएको प्रशिक्षण कार्यक्रममा तुलसीपुर उपमनपाका मेयरका उम्मेदवार शुक्रराज भण्डारी, उपमेयरका उम्मेदवार कमला जिसी लगायत अन्य वडाका उमेदवारहरूले पनि स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा धारण राखेका थिए ।
यसै क्रममा नगर प्रमुख (मेयर) तथा उपप्रमुख (उपमेयर) र विभिन्न वडाका उमेदवार सहित २०७४ वैशाख २६ गतेदेखि चुनाव प्रचार प्रसार अभियान सुरू गरेको छ । तुलसीपुर उपमनपाको वडा नं. ४ बाट सुरू भएको अभियानको पहिलो दिन सो वडाका गणेश टोल, हरिसैनिक टोल, शान्ति टोल, भृकुटी टोल, नेत्रज्वति टोल, नमूना टोल लगायतका स्थानमा घरदैलो तथा जन भेटघाट गरिएको प्रचार प्रसार समितिका वडा संयोजक मन बहादुर गुरुङले जानकारी दिनु भयो ।
राजमोले वडा नं. ४ मा दुर्गा खनाललाई अध्यक्ष तथा महिला सदस्यमा शोभा भण्डारी, दलित महिला सदस्यमा नुमा विक र सदस्यहरूमा प्रशान्त घर्ती तथा विष्णु थापाको उम्मेदवारी घोषणा गरेको छ । प्रचार प्रसार टोलीमा राजमो तुलसीपुर उपमनपाका मेयरमा उम्मेदवार शुक्रराज भण्डारी, उपमेयरका उम्मेदवार कमला जिसी सहित सम्बन्धित वडाका उम्मेदवारहरू सहभागी थिए । त्यस्तै, सोही टोलीले वडा नं. ७ मा पनि घरदैलो तथा जन भेटघाट गरेको छ । जिल्ला उपाध्यक्ष द्रोण घर्ती तथा सचिव गणेश आचार्य नेतृत्वको टोलीले वडा नं. ७ को गणेशपुर बराहथानदेखि राप्ती शान्ति उद्यानसम्म घरदैलो तथा जन भेटघाट गरेको हो ।
वैशाख २९ गते राजमो एरिया नं. १ देउखुरी–दाङ अन्तर्गत कोइलाबासमा गढवा गाउँपालिका अध्यक्षका उम्मेदवार तथा राजमो एरिया नं. १ का अध्यक्ष गुणनिधि शर्माको नेतृत्वमा वडा नं. ४ का अध्यक्ष उम्मेदवार दिनमणि आचार्य, खुमाराम पोख्रेल लगायतको टोलीले चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न गरेको थियो ।
गढवा–७ को चन्दनपुरमा राजमो एरिया नं. १ इन्चार्ज महेश रिजाल, गाउँपालिका अध्यक्ष उम्मेदवार गुणनिधि शर्मा तथा अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सल्लाहकार कपिल देव खनाल समेतले चुनावी सभाहरू तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको थियो । सोही गाउँपालिका अन्तर्गत वडा नं. १ को बनघुस्री र बडहरामा मतदाताहरूलाई प्रशिक्षक दिने कार्य सम्पन्न भएका छन् । ती दुवै प्रशिक्षणमा एरिया इन्चार्ज महेश रिजाल, चित्र एमसी, भरत अधिकारी, नवराज शर्मा, देवलाल यादव, केसर बहादुर केसी, मुक्ति प्रसाद शर्मा लगायतले प्रशिक्षण दिनु भएको थियो । सोही चुनावी कार्यक्रम अन्तर्गत गढवा–४ र ५ को संयुक्त उम्मेदवार घोषणा कार्यक्रम राप्ती साउदर्न अङ्ग्रेजी विद्यालय उठैयामा सम्पन्न भएको छ । राजमोका जेष्ठ सदस्य यमलाल पोख्रेलको अध्यक्षतामा निर्वाचन परिचालन समितिका संयोजक तथा रक्तिम सांस्कृतिक अभियानका महासचिव नारायण योगीको प्रमुख आतिथ्यता र टुकमान कुँवरको सञ्चालनमा सो कार्यक्रम भएको थियो । कार्यक्रममा एरिया इन्चार्ज महेश रिजालले उम्मेदवारहरूको नामावली सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष उम्मेदवार गुणनिधि शर्मा र उपाध्यक्ष उम्मेदवार मिना रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal