rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

संगठनात्मक समाचार 
गुल्मीमा चुनावी कार्यक्रम जारी
तमघास । राष्ट्रिय जनमोर्चा क्षेत्रकोट गाउँपालिकाको आयोजनामा २०७४ जेठ २ गते हर्दिनेटामा चुनावी सभा सम्पन्न भएको छ । राजमो हर्दिनेटा गाउँसमितिका सचिव दधिराम कँडेलको अध्यक्षता तथा गाउँ समिति संयोजक गुमान पुनको सञ्चालनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा रहनु भएको थियो ।
कार्यक्रममा राजमो गुल्मी जिल्ला अध्यक्ष जीवन राना, सचिव छविलाल सर्तुङी, महिला सङ्घकी गुन कुमारी रेश्मी, मूल प्रवाह अभाने एकता समाजका कुल बहादुर रेश्मी मगर, गाउँपालिकाका उपमेयर पदका उम्मेदवार चम्पा पुन, गाउँ समिति अध्यक्ष चेत नारायण भण्डारी, जनजाति नेता कमल पुलामी, महिला नेतृ राधा शर्मा लगायतले आ–आफ्ना मन्तव्य राख्नु भएको थियो ।
बलिथुममा सभा
गुल्मी दरबार गाउँपालिकाको बलीथुममा जेठ ३ गते सभा सम्पन्न भएको छ । राजमो गुल्मी दरबार गाउँ समिति अध्यक्ष नर बहादुर माझकोटी मगरको अध्यक्षता तथा अखिल नेपाल युवक सङ्घका जिल्ला संयोजक तारा कुँवरको सञ्चालनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जनजाति नेता राम बहादुर बुढा रहनु भएको थियो । त्यसै गरी कार्यक्रममा छविलाल सर्तुङी, राजमो जिल्ला सदस्य हरि न्यौपाने, गुल्मी दरबार गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार विष्णु माझी र कुल बहादुर रेश्मीको पनि आतिथ्यता रहेको थियो भने रक्तिम कलाकारद्वारा स्वागत गीतबाट कार्यक्रमको स्वगत गरिएको थियो । 
देउरालीमा पनि सभा
मुसीकोट नगरपालिकाको देउरालीमा जेठ ५ गते सभा सम्पन्न भएको छ । राजमो मुसीकोट गाउँ समिति अध्यक्ष इश्वरी आचार्यको सभापतित्व, समता समाजका नेता बुद्ध कुमार सुनारको सञ्चालन तथा राजमो वडा गाउँ समिति सचिव अर्जुन परियारको स्वागतबाट अगाडि बढेको जनसभामा प्रमुख अतिथि राम बहादुर बुढा हुनु हुन्थ्यो भने अतिथिहरूमा राजमो जिल्ला सचिव छविलाल सर्तुङी, समता समाजका जिल्ला अध्यक्ष केशर विक, मुसिकोट नगरपालिकाका प्रस्तावित मेयर पदका उम्मेदवार मोहन लाल श्रेष्ठ लगायत हुनु हुन्थ्यो ।
इश्मामा समिति गठन
जेठ ६ गते इश्मा गाउँपालिकाको वडा नं. ३ दर्लामचौरमा पनि राजमोले चुनावी सभा सम्पन्न भएको छ । राजमो इश्मा गाउँ समितिका सह–संयोजक लक्ष्मण पन्थीको अध्यक्षता, जिल्ला सदस्य गुमान सिंह पुनको सञ्चालन तथा गाउँ समिति सचिव खुम बहादुर खत्रीको स्वागतबाट कार्यक्रम अघि बढेको थियो । 
कार्यक्रमको प्रमुख अतिथि राम बहादुर बुढा रहनु भएको थियो भने वक्ताहरूमा इश्मा गाउँपालिकाका प्रस्तावित अध्यक्ष पदका उम्मेदवार राजमो गुल्मीका का.वा. अध्यक्ष रामेश्वर खत्री, वडा नं. ३ का प्रस्तावित वडा अध्यक्षको उम्मेदवार खिम कुमारी खत्री, छविलाल सर्तुङी, छत्रकोट समिति सदस्य खिम बहादुर बुर्जा मगर, राजमो धुर्कोट गाउँपालिका सह–संयोजक रविन्द्र भण्डारी, इश्मा गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार खिमा पाण्डे लगायत रहनु भएको थियो । सोही अवसरमा दर्लामचौरमा राजमो वडा सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो ।
मदानेमा सांस्कृतिक सभा
मदाने गाउँपालिकाको बाँझकटेरीमा जेठ ७ गते राजमोले सांस्कृतिक सभा सम्पन्न गरेको छ । राजमो बाँझकटेरी गाउँ समितिका अध्यक्ष टीका केसीको अध्यक्षता, जिल्ला सदस्य चिन्तामणि भट्टराईको सञ्चालन तथा राजमो सिर्सेनी गाउँ समितिका सदस्य प्रेम प्रकाश अर्यालको स्वागतबाट कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा राम बहादुर बुढा प्रमुख अतिथि हुनु हुन्थ्यो भने अतिथिहरूमा रामेश्वर खत्री, छविलाल सर्तुङी, चन्द्र प्रकाश भट्टराई, मदाने गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार पार्वता केसी, धुर्केट गाउँपालिकाका प्रस्तावित अध्यक्ष पदका उम्मेदवार बाबुराम थापा लगायत हुनु हुन्थ्यो ।
सोही अवसरमा माओवादी–केन्द्र सहित विभिन्न दलबाट राजमोमा प्रवेश गरेका कार्यकर्ताहरूलाई राम बहादुर बुढाले अविर लगाएर स्वागत गर्नु भएको थियो । ती सबै सभाहरूमा रक्तिमका कलाकार उषा थापा मगर, जनक श्रीस मगर, राधिका सर्तुङी लगायतले जोशिलो गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 
छत्रकोटको द्वौघामा सभा सम्पन्न
राजमोले अगाडि बढाएको चुनावी अभियान अन्तर्गत छत्रकोट गाउँपालिका वडा नं. ६ को द्वौघामा पनि सभा सम्पन्न भएको छ ।
जेठ ९ गते सम्पन्न सभाको अध्यक्षता द्वौघा गाउँ समितिका अध्यक्ष मान बहादुर थापाले गर्नु भएको थियो भने सञ्चालन राजमो जिल्ला सदस्य गुमान सिंह पुनले गर्नु भएको थियो । जनजाति नेता राम बहादुर बुढा प्रमुख अतिथि एवं अतिथिहरू राजमो जिल्ला सचिव छविलाल सर्तुङी, वडा नं. ६ का उम्मेदवार कृष्ण बहादुर रेश्मी र नेकपा (एमाले) गाउँ समितिका अध्यक्ष थम्मन ज्ञवाली रहनु भएको थियो ।
चोरकाटेमा सभा
राजमोले सत्यवति गाउँपालिकाको चोरकाटेमा पनि सभा सम्पन्न जेठ १० गते सभा सम्पन्न गरेको छ । नेता कमल पुलामीको अध्यक्षताबाट अगाडि बढेको कार्यक्रमको सञ्चालन गुमान सिंह पुनले गर्नु भएको थियो । राम बहादुर बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको अतिथिहरू छविलाल सर्तुङी, राजमो छत्रकोट गाउँपालिकाका सदस्य खिम बुचा, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य उषा थापा, टीकाराम भण्डारी, विष्णु प्रसाद भण्डारी, लक्ष्मण आले, जीवलाल भण्डारी, राजु भण्डारी, प्रवीण भण्डारी, रवि भण्डारी र बल बहादुर पुलामी रहनु भएको थियो । प्रजातान्त्रिक विकेन्द्रीयता संविधानको कार्यान्वयन, स्थानीय विकासका लागि स्थानीय निर्वाचन भन्ने मूल नारा सहित चुनावी सभा सम्पन्न भएको थियो । ती सबै सभाहरूमा रक्तिमका कलाकार उषा थापा मगर, जनक श्रीस मगर, राधिका सर्तुङी लगायतले जोशिलो गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

बराहमा राजमोको नगर समिति
इटहरी । राष्ट्रिय जनमोर्चाले पूर्वाञ्चलमा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र स्थानीय निर्वाचनको प्रचार प्रसारलाई एक साथ अगाडि बढाई रहेको छ । दोस्रो चरणको स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा राजमोले पूर्वाञ्चलको सुनसरीमा पनि प्रचार प्रसार र सङ्गठन विस्तारको क्रमलाई तीव्रता दिएको हो ।
सुनसरी जिल्लामा सङ्गठनात्मक अभियानलाई अघि बढाउने सिलसिलामा बराह नगरपालिकामा राजमोले नगर समिति गठन गरेको छ । राष्ट्रिय जनमोर्चाका नेता हरिकान्त शर्मा र राजमो सुनसरीका अध्यक्ष अमृत पाण्डेको विशेष उपस्थितिमा २०७४ जेठ ११ मा सम्पन्न एक भेलाले सो समिति गठन गरेको हो ।
गठित समितिको अध्यक्षमा तिर्थराज कोइराला रहनु भएको छ । समितिको उपाध्यक्षमा पूर्ण बहादुर खड्का, सचिवमा बाबुराम चौहान र कोषाध्यक्षमा डम्बर खड्का रहनु भएको छ । समितिका सदस्यहरूमा कृष्ण बहादुर खड्का, भरत खड्का, शान्ता पाण्डे, तारा चौहान र जीत बहादुर भुजेल रहनु भएको छ । 

बर्दिया राजमोको सम्पर्क समिति
गुलरिया । बर्दिया जिल्लाको बरबर्दिया नगरपालिका वडा नं. १ मा राजमोको वडा सम्पर्क समिति गठन भएको छ । तीन सदस्यीय उक्त समितिमा अध्यक्ष टीका बहादुर घर्ती, सदस्यहरू नुमकला रोकाया र सीता मल्ल रहेका छन् । सो सम्पर्क समितिले निर्वाचन प्रचार प्रसारका लागि सदस्यता वितरण एवं जन भेटघाटलाई तीव्रता दिने जनाएको छ । 
यही जेठ ३१ गते हुन गई रहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा ७ नं. प्रदेशका विभिन्न जिल्लाहरूमा प्रचार प्रसारको अभियान तीव्र रूपमा अगाडि बढाइएको राजमो सेती–महाकालीले जनाएको छ ।
कञ्चनपुरका भिमदत्त नगरपालिका, महाकालीपारीको महाकाली नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँट नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेल्डाँडी र लालझाडी गाउँपालिकामा घरदैलो जन भेटघाट लगायत प्रचार प्रसार अभियान जारी रहेको बेलौरी नगरपालिकाका प्रमुख पदका उम्मेदवार एवं राजमो केन्द्रीय सदस्य राजाराम चौधरीले बताउनु भयो । यसै क्रममा बेलौरी नगरपालिकामा लाहानु चौधरीको अध्यक्षतामा एक सय ५१ सदस्यीय प्रचार समिति गठन गरेको छ ।
यस्तै कैलालीका गाउँगाउँमा पनि प्रचार प्रसार चली रहेको राजमो कैलालीका अध्यक्ष लक्षीराम आचार्यले बताउनु भयो । कैलालीमा तेह्र वटा स्थानीय तह छन् ।

राजमोको टोल समिति गठन
प्युठान । बुबागाउँ बाग्दुलामा राजमोले २०७४ जेठ २ गते टोल समिति गठन गरेको छ । समितिको अध्यक्षमा प्रेम बहादुर महरा, उपाध्यक्षमा शङ्कर पुन मगर, सचिवमा प्रेम बहादुर खड्का, सहसचिवमा सुकमती रावत र कोषाध्यक्षमा सुकलाल घर्ती तथा सदस्यहरूमा रेशम घर्ती, खिम बहादुर बुढा, सन्तराम बुढा, मन कुमारी रोका तथा सल्लाहकारमा खलवीर पुन रहनु भएको छ ।
रूपन्देहीमा राजमोको चुनावी प्रशिक्षण
बुटवल । स्थानीय चुनावलाई लक्षित गरी राष्ट्रिय जनमोर्चाले उम्मेदवारहरूलाई प्रशिक्षण गरेको छ । बुटवल उपमनपाको मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई राजमोले २०६४ जेष्ठ १३ गते प्रशिक्षण दिएको हो ।
प्रशिक्षणमा राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव तथा सांसद सन्त बहादुर नेपाली, नेता सूर्य थापा र वाम बुद्विजीवी दुर्गानाथ खरेलले चुनावी प्रशिक्षण दिनु भएको थियो । पूर्व महासचिव नेपालीले पार्टीको नीति, नियम, अनुशासनभित्र रहेर चुनावी अभियानमा लाग्न उम्मेदवार र कार्यकर्ताहरूलाई आग्रह गर्नु भयो । राजमोका सल्लाहाकार पूर्व सल्लाहकार सुरेश थापाले कम्युनिस्ट पार्टीमा सबैभन्दा ठूलो अनुशासन र नैतिकता हुने भएकाले आफ्नो पार्टीको नैतिकतामाथि आँच नआउने गरी जनताको घरदैलोमा जान आग्रह गर्नु भयो । वाम बुद्विजीवी दुर्गानाथ खरेलले पार्टीको लाइन र नारालाई ढुक्कसँग जनताको घरदैलोमा पुगेर भोट माग्न उम्मेदवार कार्यकर्तालाई मानसिक रूपमा तयार हुन आग्रह गर्नु भयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका बाहेक अन्य सबै नगरपालिका र गाउँपालिकाहरूमा राजमोले एक महिना अघि नै आफ्ना उम्मेदवारी घोषणा गरी सकेको थियो । चुनावी अभियानमा लागेको राजमोले भैरहवाको सिद्धार्थ नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका लगायतका अन्य नगरपालिका र गाउँपालिकाहरूमा घरदैलो अभियान सञ्चालन गरेको छ । 
राजमोद्वारा बुटवलमा घरदैलो
यसै क्रममा २०७४ जेठ १४ गते चुनावी अभियान अन्तर्गत बुटवल उपमनपामा राजमोले घरदैलो अभियान सञ्चालन गरेको छ । चुनावी अभियानका क्रममा विभिन्न स्थानमा टोल भेला, घरदैलो, अन्तरक्रिया, मतदाता शिक्षा लगायतका कार्यहरू सञ्चालन गरिएको रूपन्देही सदस्य पदम श्रेष्ठले जानकारी गराउनु भयो ।
यसै क्रममा वडा नम्बर ६ र ८ का विभिन्न टोलमा घरदैलो कार्यक्रम गरिएको छ । प्रजातान्त्रिक विकेन्द्रीयता, संविधानको कार्यान्वयन र स्थानीय विकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान भन्ने नाराका साथ चुनावी अभियानलाई तीव्रता दिइएको छ । मतदाताको मन बुझ्ने र पार्टीको धारणा बुझाउँदै मत मागिएको राष्ट्रिय जनमोर्चाबाट बुटवल उपमनपाको मेयरमा उम्मेदवारी दिनुभएका ढुण्डीराज शर्माले बताउनुभयो ।
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal