rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !@, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ जेष्ठ २१
प्रेस वक्तव्य
भारतीय प्रहरीहरु अनधिकृतरुपमा नेपाल प्रवेशगरी २०७४ जेष्ठ १८ गते डोटी जिल्लाको दिपायल–सिलगढी नगरपालिकाको लडागडा भन्ने गाउ“बाट एकजना नेपालीलाई अपहरण शैलीमा गिरफ्तारगरेर भारततर्फ लैजादै गरेको घटना र उक्त अपहरणकारी भारतीय प्रहरीलाई नेपाल प्रहरीले गिरफ्तार गरे पनि नेपाल सरकारले विना छानवीन मुक्त गरेको कुराप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर रुपले ध्यानाकर्षण भएको छ ।
भारतीय विस्तारवादले नेपालको राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय राजनीतिदेखि व्यवस्थापनसम्मका कुराहरुमा हस्तक्षेप गर्दै आएकोछ । एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रले लोकतान्त्रिक पद्धति अनुरुप घोषणा गरेको संविधानलाई अस्वीकार गर्ने, त्यसका विरुद्ध अघोषित नाकाबन्दी लगाउने कार्यले भारत आप्mना छिमेकी देशप्रति कुन प्रकारको व्यवहार गरेको छ, त्यो स्पष्ट छ । केही वर्ष अगाडि काठमाडौं बानेश्वरमा पनि यस्तै शैलीमा भारतीय प्रहरीले नेपालीलाई अपहरण गर्न प्रयत्न गरेका थिए । केही महिना अघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमै स्थानीय बासिन्दा नेपालीको गोली हानी हत्या गरेको थियो । अहिले नेपाली सीमा सुरक्षा प्रहरीलाई समेत छलेर बीच–बीचमा सुरक्षा व्यवस्थाहरुलाई उल्लंघन गर्दै पहाडी जिल्ला डोटीमा पुगेर दिपायल–सिलगढी नगरपालिकाको लडागडाको एक जना नेपालीलाई अपहरणगरी लैजान प्रयत्न गरेका थिए । यो नेपालको सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको लागि गम्भीर चुनौति हो । यो त प्रकट रुपमा भएको प्रतिनिधिमूलक घटना हो । अदृष्य रुपमा यस्ता कैयन घटनाहरु भएका होलान् । यो भारत पक्षको कुरा हो । योभन्दा गम्भीर कुरा आफ्नो देशको सार्वभौमिकता, सुरक्षा र एक सार्वभौम राष्ट्रको नागरिकलाई अपहरण शैलीमा गिरफ्तार गर्ने भारतीय प्रहरीलाई छानवीन गर्ने हिम्मत समेत नगरी उनीहरुलाई मुक्त गर्नु ठूलो गम्भीर कुरा हो । यसले नेपालको वर्तमान सरकार भारतको कठपुतली रहेको वा नेपालको सार्वभौमिकता, सुरक्षा, राष्ट्रिय हित वा राष्ट्रिय अस्मिता जोगाउन नसक्ने वा राष्ट्र र जनताप्रति जिम्मेवार नरहेको प्रष्ट हु“दैन र ?
जहा“सम्म अपहरणको शैलीमा गिरफ्तार भएका नेपाली यदि कुनै अपराधी भएको भए पनि अन्तर्राष्ट्रिय कानुन, दुई देशबीचका सन्धि सम्झौता र कानुनी प्रक्रिया अनुसार सुपुदर्गीको लागि कारबाही चलाउनु पर्दथ्यो र उनलाई कानुन अनुसार सजाय गर्नु पर्दथ्यो । त्यो सही हुन्थ्यो । 
यस विषयमा स्थानीय तहमा त्यहा“का जनता र राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ । भारतीय प्रहरीको गिरफ्तारी स्वयं स्थानीय जनताको पहलमा नेपाल प्रहरीले ठूलो प्रयासगरेर गरेको थियो । उक्त कुरालाई छानवीन प्रक्रियामा लगिएन । ठूला राजनीतिक दलहरु र सरकारको भारतपरस्त चरित्रका कारणले उनीहरुमाथिको कारबाही वा भारत सरकारस“ग द्विपक्षीय कुराकानी वा चेतावनी समेत दिने काम भएन । यति गम्भीर विषयमा सम्पूर्ण देश र जनताको गम्भीर ध्यान जानु पर्दथ्यो त्यो हुन सकेको छैन । यसले भारतीय विस्तारवादको नेपालमाथिको स्वच्छन्द हस्तक्षेपलाई प्रश्रय हुन्छ । यस विषयमा भारतीय सरकार, नेपाल सरकारको विरोध गर्दै सम्पूर्ण देशभक्त नेपाली जनतालाई यस्ता विषयमा खबरदारी गर्न आव्हान गर्दछौं । 




चित्रबहादुर के.सी.
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal