rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

संगठनात्मक समाचार
       उम्मेदवारहरूको घोषणा

भालुवाङ । राष्ट्रिय जनमोर्चा देउखुरीदाङले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू घोषणा गर्ने कार्य तीव्र रूपले अगाडि बढाएको छ । २०७४ जेष्ठ १५ गते गरिएको घोषणा अनुसार राप्ती गाउँपालिका वडा नं. १ को अध्यक्ष ठाकुर प्रसाद आचार्य र महिला सदस्यमा हुमी कुमारी मास्के रानालाई उम्मेदवार घोषणा गरिएको छ भने वडा नं. २ को अध्यक्षमा रमेशमान गुरुङ, महिला सदस्य सीता आचार्य, दलित महिला सदस्य सङ्गीता नेपाली, सदस्य विश्वराज आचार्य र सदस्य मन बहादुर पुन हुनु हुन्छ । वडा नं. ३ को वडा अध्यक्षमा दल बहादुर घर्ती, महिला सदस्यमा चम्फा भुसाल, दलित महिला सदस्यमा शान्ति सुनार र सदस्यमा दुखिराम चौधरी हुनु हुन्छ । वडा नं. ४ को अध्यक्षमा वीर बहादुर चौधरी, महिला सदस्यमा समिता चौधरी, दलित महिला सदस्यमा मायादेवी विक, सदस्यमा ददि बहादुर पाण्डे र लौ बहादुर चौधरीलाई उम्मेदवार घोषणा गरेको छ । वडा नं. ५ को वडा अध्यक्षमा माधव आचार्य, महिला सदस्यमा भीमा आचार्य, दलित महिला सदस्यमा दमादेवी विक, सदस्यमा खेमराज भट्टराई र सदस्य शिवराज भण्डारी हुनु हुन्छ । वडा नं. ७ को वडा अध्यक्षमा शालिक राम पोख्रेल तथा वडा नं. ८ को महिला सदस्य उम्मेदवार हरिमाया श्रेष्ठलाई मात्र उम्मेदवार घोषणा गरेको छ । 

लमही नगरपालिकामा वडा नं. १ को अध्यक्ष उम्मेदवार वशन्त पौडेल, महिला सदस्य सीता पौडेल, दलित महिला सदस्य मनिषा विक, सदस्यमा तेज बहादुर दर्लामी र सदस्य डाँसीराम आचार्य हुनु हुन्छ । वडा नं. २ को वडा अध्यक्ष उम्मेदवारमा मुकुन्द पौडेल, महिला सदस्यमा मीना आचार्य र सदस्यहरूमा चन्द्रु चौधरी र टेक बहादुर केसीलाई उम्मेदवार घोषणा गरेको छ । वडा नं. ३ को वडा अध्यक्षमा हुतराज ज्ञवाली, महिला सदस्यमा भुमा जिसी, सदस्यमा निमलाल आचार्य, सदस्यमा मनिराम आचार्य हुनु हुन्छ । वडा नं. ५ को वडा अध्यक्षमा दिलिप राज खनाल, महिला सदस्यमा शिवाकला खनाल, दलित महिला सदस्यमा बकुली नेपाली, सदस्यमा झविन्द्र आचार्य र सदस्यमा राम प्रसाद पोख्रेललाई उम्मेदवार घोषणा गरेको छ । वडा नं. ६ को वडा अध्यक्ष पदमा पदम प्रसाद गोराथोकी, महिला सदस्यमा बसन्ता खनाल र हुमाकान्त पोख्रेललाई सदस्य उम्मेदवार घोषणा गरेको छ । उक्त नगरपालिका मेयरमा कुलचन्द्र पोख्रेल र उपमेयरमा लीलादेवी भुसाललाई यस अघि नै पार्टीले उम्मेदवार घोषणा गरी सकेको थियो । 

देउखुरीकै गढवा गाउँपालिकाको वडा नं. १ को वडा अध्यक्षमा नवराज शर्मा, महिला सदस्यमा पवित्रा जिसी, दलित महिला सदस्यमा चन्द्रकला नेपाली, सदस्यमा हरि सुवेदी र राम बहादुर जिएमलाई उम्मेदवार घोषणा गरेको छ । वडा नं. ४ को अध्यक्षमा टुकमान कुँवर, महिला सदस्यमा सरस्वती पोख्रेल, दलित महिला सदस्यमा राजकुमारी विक र सदस्यमा हिम बहादुर केसी र चन्द्र बहादुर केसीलाई उम्मेदवार घोषणा गरेको छ । वडा नं. ५ को वडा अध्यक्षमा रामाधार यादव, महिला सदस्यमा सीता न्यौपाने, दलित महिला सदस्यमा कृष्णा सुनार र सदस्यहरूमा गिरीराज भट्टराईलाई उम्मेदवार घोषणा गरेको छ । वडा नं. ६ को वडा अध्यक्षमा दिनमणि आचार्य, महिला सदस्यमा उमा पन्थी, दलित महिला सदस्यमा शुशिला विक र सदस्यहरूमा ओम बहादुर बिसी र भोजराज खनाललाई उम्मेदवार घोषणा गरेको छ । वडा नं. ७ को अध्यक्षमा जगदीश चौधरी, महिला सदस्यमा शारदा चौधरी, दलित महिला सदस्यमा केशमाया विक र सदस्यहरूमा तीर्थराम चौधरी र ऋषिराम पन्थीलाई उम्मेदवार घोषणा गरेको छ । गढवा गाउँपालिकाको अध्यक्ष उम्मेदवारमा गुणनिधि शर्मा र उपाध्यक्षमा मीना रायमाझीलाई पार्टीले यस अघि नै उम्मेदवार घोषणा गरी सकेको थियो ।

जनप्रिय सार्वजनिक वन उपभोक्ता समितिको सभाहल कालाकाटेमा भएको उम्मेदवार घोषणा सभालाई प्रमुख अतिथि एवम् राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापा, गढवा गाउँपालिका अध्यक्ष उम्मेदवार गुणनिधि शर्मा र उपाध्यक्ष उम्मेदवार मीना रायमाझी तथा अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य कपिल देव खनाल लगायतले सम्बोधन गर्नु भएको थियो । सभामा राजमो जिल्ला सचिवालय सदस्य एवम् एरिया नं. १ का इन्चार्ज महेश रिजालले उम्मेदवारहरूको नामावली सार्वजनिक गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन हरि सुवेदीले र स्वागत मन्तव्य निर्वाचन प्रचार प्रसार समितिका संयोजक चित्र एमसीले गर्नु भएको थियो ।

तुलसीपुरमा चुनावी सभा सम्पन्न

राष्ट्रिय जनमोर्चाको चुनाव प्रचार प्रसार कार्यक्रम अन्र्तगत तुलसीपुर६ गाइडहरमा २०७४ जेष्ठ २१ गते चुनावी सभा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार शुक्रराज भण्डारीले अब विकासका लागि वडामै बजेट आउने भएकाले कुनै दलको आश्वासनकोपछि नलाग्न जनतालाई आग्रह गरे । कार्यक्रमका प्रमुख वक्ता भण्डारीले सामाजिक सस्थामा लागेर अकुत सम्पत्ति कमाउनेहरूले चुनावका बेला लाखौँ खर्च गरी रहेको चर्चा गर्दै त्यो पैसा कहाँबाट आयो भनेर खोज्न मतदातालाई आग्रह गरे । भ्रष्ट नेताले जितेर गए फेरि पनि भ्रष्टाचार संस्थागत हुने भन्दै उनले त्यसमा दोषी मतदाता पनि हुने बताए । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य समेत रहेका भण्डारीले स्थानीय निकायको चुनाव हुँदा सङ्घीयता कमजोर भएकाले मधेशी दल र कट्टर सङ्घीयतावादीहरू पिरलोमा परेको बताए । भारतको हितमा पारित गरिएको नागरिकता विधेयकमा टेकेर गैर नेपालीलाई वितरण गरियको नागरिकता खारेज हुनु पर्नेमा उनले जोड दिए । चुनावी सभालाई सम्बोधन गर्दै वडा नं. ६ का अध्यक्ष पदका उम्मेदवार इश्वरी भण्डारीले चुनावमा बाड्ने आश्वासनकोपछि नलाग्न आग्रह गरे । भड्किलो चुनाव खर्च गर्नेले जितेर गए खर्च उठाउन भ्रष्टाचार गर्ने भएकाले तीनलाई खबरदारी गर्नु पर्ने भन्दै उनले स्थानीय स्तरमा आएका अधिकार गलत तत्वको हातमा परे त्यो खतरनाक हुने जिकिर गरे । चुनावका बेला जनतालाई नमस्कार गर्ने तर जितेपछि भेट्न समेत नसक्ने तथा आफूलाई मालिक सम्झने नेताहरूकोपछि नलाग्न उनले मतदातालाई आग्रह गरे ।

सो अवसरमा धुव्र केसीको संयोजकत्वमा १९ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । समितिको उप संयोजकमा कमला जिसी रहनु भएको छ । त्यस्तै, सदस्यहरूमा लिलामणि सुवेदी, प्रेम बहादुर महतरा, घनश्याम सुवेदी, डिला सुवेदी, सीता भण्डारी, विष्णु भण्डारी, विशाल चौधरी, राज कुमार राना, लोमस राना, मन बहादुर महतरा, पदम प्रसाद पन्थी, कृष्ण शर्मा, खिमा महतरा, मैना महतरा, सुरवीर बुढाथोकी, लाल बहादुर चौधरी र हुमलाल चौधरी रहेका छन् । राष्ट्रिय जनमोर्चाले वडा नं. ६ को गोठलीगाउँ र उत्तर कपडादेवीमा पनि निर्वाचनसम्बन्धी प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

 चुनावी प्रचारमा खटिएका छन् युवाहरू

दाङ । दोस्रो चरण स्थानीय तहको निर्वाचनले दाङ जिल्लालाई तताएको छ । निर्वाचनमा दलहरू उम्मेदवार तय गरी प्रचार प्रसारमा जुटेका छन् । यसै क्रममा जिल्लाको देउखुरी उपत्यकामा पनि चुनावी चहलपहल निकै बढेको छ । किसानहरू धानको बिउ राख्न तथा कमै जोत्न खेतवारीमा व्यस्त रहेकोको अवस्थामा दलका कार्यकर्ताहरू उम्मेदवार लिएर किसानहरूले काम गर्दै गरेका ठाउँमा प्रचार प्रसारका लागि पुग्ने गरेको भेटिन्छन् ।

चुनावी प्रचारका क्रममा देउखुरी उपत्यकामा राष्ट्रिय जनमोर्चा आक्रमक रूपमा लागेको छ । जिल्लाभर चरणबद्ध चुनावी कार्यक्रम बनाएको जनमोर्चाले देउखुरीका गाउपालिकाहरूमा छुट्टाछुटै कार्यक्रम बनाएर आफ्नो अभियान सञ्चालन गरेको छ । देउखुरीमा राप्ती नदीलाई सिमाना बनाएर पाँच वटा स्थानीय निकाय बनाइएको छ, जसमा गढवा, राप्ती, लमही, बेला र राजपुर रहेका छन्, जसमा राजमोले राप्ती र गढवालाई केन्द्र बनाएर चुनावी अभियान थालेको छ । यी दुई गाउपालिकामा राजमोको उपस्थिति सशक्त रहेको छ ।

चुनावी प्रचारका क्रममा गढवा गाउँपालिकाको वडा नं. १ मा चरणबद्ध कार्यक्रमहरू सञ्चालन भई रहेको चुनाव प्रचार अभियानका सदस्य चित्र एमसीले बताएका छन् । सो वडामा तत्कालीन गाविका दुई वटा वडालाई मिसाइएको छ । वडामा राजमोले अध्यक्षमा नवराज शर्मा, महिला सदस्यमा पार्वती जिसी, खुल्ला सदस्यमा हरि सुवेदी र राम बहादुर जिएम तथा दलित महिलामा सीता सार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चुनावी अभियानका क्रममा वडाका जेठानगाउँ, पत्रिङगा, वडहरा, बनधुस्री, वनवारी, मलमलामा घरदैलो कार्यक्रम सम्पन्न भई सकेको सो पार्टीले जनाएको छ ।

उक्त वडामा एमाले, काङ्ग्रेस र राजमोबीच त्रिपक्षीय प्रतिष्पर्धाको अवस्था रहेको बताइन्छ । चुनावी प्रचारमा राजमो अन्य दलहरूभन्दा अगाडि रहेको छ । स्थानीय समस्याहरूसँग विगतका दिनहरूका जनताको साथमा रहेर काम गर्दै आएका युवाहरूलाई उम्मेदवार बनाएको राजमोले चुनावमा अन्य दलहरूको मतदाता खरिदबिक्रीको योजनालाई परास्त गर्ने जनाएको छ । वडामा अन्य केही दलहरूले मतदाताहरूलाई प्रलोभनमा पारेर झुटा आश्वासन बाड्दै हिडेको भेटिएको हुँदा त्यसका विरुद्ध भण्डाफोर गर्ने योजना तय भएको अध्यक्ष पदका उम्मेदवार शर्माले बताउनु भयो । नदी कटान, खानेपानीको अभाव, वनको संरक्षण, नदी खोलाहरूमा हुने अवैध बालुवा गिट्टीको निकासीको रोकथाम, सिँचाइको समस्या वडाका चुनावी मुद्दाहरू रहेका छन् । यी मुद्दाहरूमा राजमोले सधैँ अग्रणी नेतृत्व गरी समाधानका लागि पहल गर्दै आएको हुँदा मतदाता आफ्नो पक्षमा रहेको देखेर सत्ता पक्ष दलहरूले पैसाको खेती गर्न लागेको तर त्यो सफल नहुने उम्मेदवार शर्माले बताउनु भयो । चुनावी प्रचारमा युवाहरूको सक्रिय सहभागिता रहेको छ । वडामा २९ सय मतदाता रहेका छन् ।

 गाउँ भेला सम्पन्न

पर्सा । पर्साउनी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको गाउँ भेला सम्पन्न भएको छ । २०७३ जेष्ठ ६ गते सम्पन्न भेलाले तपशिल साउत थारुको अध्यक्षतामा गाउँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामशरण माझी, सचिवमा जगमोहन प्रसाद गौरनी, सहसचिवमा जय नारायण माझी र कोषाध्यक्षमा शोभादेवी चयन हुनुभएको छ । समितिको सदस्यहरूमा सुधीर दास, महेन्द्र प्रसाद दास, जाहुर देवान र सन्तोष महतो रहनु भएको छ । 

राजमोका केन्द्रीय सदस्य कर्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजमोका पर्सा जिल्ला अध्यक्ष नेत्र पौडेल र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव खगेश्वर शर्मा लगायतको विशेष उपस्थिति रहेको थियो । 

पछिल्लो समयमा राष्ट्रिय जनमोर्चाले सङ्गठन विस्तारलाई तीव्रता दिने क्रममा मधेशका जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी रहेको छ । राजमोले लिएको नीतिप्रति मधेशी जनता आकर्षित हुन थालेका छन् । 

टोल समिति गठन

बाँके । कोहलपुर नगरपालिका वडा नं. ४ गहवामा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । २०७४ जेष्ठ २२ गते सम्पन्न एक भेलाले गुञ्जमान खड्काको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको सचिवमा खिमराज र्‍याउले र कोषाध्यक्षमा भुपेन्द्र बहादुर बुढा क्षेत्री चयन हुनु भएको छ । यसै गरी सदस्यहरूमा इन्द्र बहादुर बुढा क्षेत्री, उदय बहादुर बुढा क्षेत्री र भद्र बहादुर पुन रहनु भएको छ भने एक स्थान रिक्त रहेको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव गुणनिधि आचार्य, कोहलपुर नगरपालिकाका नगर समिति कोषाध्यक्ष तथा उपमेयरका उम्मेदवार गीताराम कँडेल र बाँके क्षेत्र नं. १ का एरिया समितिका सल्लाहकार सरद लामिछानेको विशेष उपस्थिति रहेको थियो ।

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal