rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !@, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ असार ५ गते 
प्रेस वक्तव्य

गत जेठ ३१ गते दैलेखको आठबीस नगरपालिका—४ नैनलदेव मन्दिरनजिकैको राजमार्गबाट यात्रुबाहक बस कर्णाली नदीमा खस्दा ११ यात्रुहरूको घटनास्थलमा नै मृत्यु भएको छ भने २०भन्दा बढी गम्भिर घाइते भएका छन् । त्यसरी भएको उक्त बस दुर्घटनाले हाम्रो पार्टीलाई स्तब्ध बनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ स्वास्थ्य लाभको कामना गर्दछौँ । मृतक र घाइतेहरूका परिवारजनहरूप्रति पनि हार्दिक समवेदना र सहानुभुति व्यक्त गर्दछौँ ।
आवश्यक सवारी ऐनहरूको व्यवस्था नहुनु र भएका ऐनहरूलाई कडाइपूर्वक लागु नगर्ने सम्बन्धित निकायको उदासीनताका कारण बारम्बार यस प्रकारका सडक दुर्घटनाहरू हुने गरेका छन् । बर्षेनी यस प्रकारका घटनाहरू दोहोरिनुले सरकार र सम्बन्धित निकायहरूको उदासीनता र गैरजिम्मेवार तरिकालाई बुझ्न कुनै गाह्रो पर्दैन । सडकहरूको सुधार नहुनु, साँघुरा सडकहरू हुनु, क्षमताभन्दा बढी यात्रुहरू सवार गराउनु, सवारी साधनहरूको गुणस्तरमा ध्यान नदिइनु र अनियन्त्रित गति र प्रतिस्पर्धाका कारण यस्ता दुर्घटनाहरूका घटनाहरू हुने गरेका छन् । दुर्घटनाका कारणहरू सँधै उही किसिमले दोहोरिनुले सरकार यसमा गम्भिर नभएको र यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक कदम पनि नउठाएको स्पष्ट हुन्छ । सडक व्यवस्थामा रहेको यो समस्या जनधनको सुरक्षाको दृष्टिले निकै नै गम्भिर र चिन्ताजनक छ । हाम्रो पार्टीले यसप्रति सरकार र सम्बन्धित निकायहरूको बारम्बार ध्यान आकर्षण गराउँदै आएको छ । हामी पुनः जोड दिन चाहन्छौँ कि जिम्मेवारपूर्ण ढङ्गले यस विषयमा सरकार र सम्बन्धित निकायहरूको ध्यान जाओस् ।
अन्तमा, हाम्रो पार्टीले दैलेखमा भएको उक्त दुर्घटनाका मृतकहरूलाई आवश्यक क्षतिपूर्ति दिन र घाइतेहरूलाई उपचार खर्च उपलब्ध गराउन सरकार र सम्बन्धित निकायहरूसित माग गर्दछ ।


दुर्गा पौडेल
उपाध्यक्ष एवं प्रवक्ता
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal