rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !@, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ असार १५ गते 

प्रेस वक्तव्य
स्थानीय तहको दोश्रो चरणको निर्वाचन पनि हिजो आषाढ १४ गते सामान्यतः शान्तिपूर्ण र व्यापक जनसहभागिताका साथ सम्पन्न भएको छ । यो निर्वाचनलाई सफल पार्न योगदान गर्ने सबै जनसमुदाय, पार्टीका कार्यकर्ता, राजनीतिक दल, निर्वाचन आयोग, सरकार, कर्मचारी, सुरक्षा निकाय, अनुगमन गर्ने संघ संस्था तथा स्वयंसेवकहरुलाई हार्दिक धन्यवाद दिन्छौं ।
नया“ संविधान कार्यान्वयन गर्न र लामो समयदेखि स्थानीय तह जनप्रतिनिधिविहीन भएको अवस्थामा यो निर्वाचन सम्पन्न गर्नु अति आवश्यक भएको थियो । हामीले यो निर्वाचन गर्न पहिलेदेखि धेरै जोडदिंदै आएका थियौं । मधेशवादी दल राजपाले संविधान संशोधन नगरेसम्म चुनाव हुन नदिने नीति लियो र पटक–पटक चुनाव बिथोल्ने कार्यक्रम घोषणा ग¥यो । त्यसमा प्रचण्ड नेतृत्वको सरकारले पनि मतियार बन्दै र त्यसमा सम्झौतागर्दै गयो । विशेष गरी प्रतिपक्षी दलहरु र जनताको संघर्ष र दवावका कारणले यो निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । हामीले त्यतिबेलैदेखि भन्दै आएका थियौं कि तात्कालिन मधेशवादी दलहरुका नीतिहरु सही छैनन्, सरकारले संविधान संशोधन गर्न पेश गरेको विधेयक राष्ट्रघाति छ, मधेशका जनता त्यसको पक्षमा छैनन् । त्यसकारण उनीहरुका कारणले निर्वाचन स्थगित गर्ने वा चरण–चरणमा निर्वाचन गर्नु सही हु“दैन । राजपाले निर्वाचन बहिष्कार गरे पनि मधेशका जनता झन बढी उत्साहकासाथ ठूलो संख्यामा मतदानमा सहभागी भए । यो अत्यन्त राम्रो पक्ष हो । यसले हाम्रा भनाइहरु सही सवित भएका छन् ।
निर्वाचनको मिति पटक पटक सार्ने, दुई–तीन चरण गरेर निर्वाचन गर्ने र २ नं. प्रदेशको निर्वाचन आश्विनमा पु¥याउने कुरा सही थिएनन् र छैनन् । दोस्रो चरणको निर्वाचन पनि मध्य वर्षाकालमा पारेर जनताले दुःख पाए । २ नं. प्रदेशको निर्वाचनलाई सरकार र राजपाले जुन कारणले पछि सारेका छन्, त्यो पनि सही छैन । दोस्रो चरणको निर्वाचनको सफलताले सरकार र राजपाका मान्यता र संविधान संशोधन नगरी निर्वाचन गर्न नदिने षडयन्त्रको पर्दाफास भएको छ । अब उनीहरुले संविधान संशोधनको राष्ट्रघाति खेल पनि बन्द गर्नु पर्छ । स्थानीय तहको निर्वाचन व्यापक जनसहभागिता साथ शान्तिपूर्ण रुपमा सम्पन्न हुनुले आगामी माघभित्र प्रदेश र केन्द्रका निर्वाचनहरु सम्पन्न गर्न पनि निर्देश गरेको छ ।


चित्रबहादुर के.सी.
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal