rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !@, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ असार २९ गते 

प्रेस वक्तव्य
(१) निर्वाचन आयोग, नेपालले आगामी हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको प्रयोजनको लागि मतदाता नाम दर्ता र त्यस सम्बन्धी अन्य आवश्यक सुधार जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयहरुमा आगामी श्रावण १ गतेदेखि १५ गतेसम्म गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको उक्त निर्णय व्यवहारिक र जनपक्षीय छैन । त्यो निर्णय बदल्नु पर्दछ ।
उपरोक्त निर्णयमा ०७३ पौषसम्म दर्ता भई ०७४ श्रावण १५ गतेसम्ममा १८ वर्ष पूरा हुने मतदाताहरुको नामावली प्रकाशन गर्ने, ०७४ श्रावण १५ गतेसम्म १८ वर्ष उमेर पुगेका नागरिकहरुको नाम दर्ता संकलन गर्ने, नाममा कुनै त्रुटी भए सच्चाउन दरखास्त दिने, दोहोरो नाम हटाउन र सार्न आवश्यक प्रमाण सहित निवेदन दिने र ०७४ श्रावण १६ गतेदेखि २० गतेसम्म उक्त निवेदन उपर छानवीन गरी अध्यावधिक मतदाता नामावली प्रकाशन गर्ने कुरा उल्लेख गरिएको छ ।
उपरोक्त मतदाता नाम दर्ता र अध्यावधिक गर्ने विषयमा आयोगले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सहितको बैठक आयोजना गरेको थियो । उक्त बैठकमा राष्ट्रिय जनमोर्चा सहित उपस्थित सम्पूर्ण दलहरुका नेता तथा प्रतिनिधिहरुले गाउ“पालिका र नगरपालिकाका कार्यालयहरु स्थापना भइसकेको अवस्थामा त्यहीबाट ती कार्यहरु गर्न सुझाव दिएका थिए । मध्य वर्षाकाल र खेतिपातिको बेला श्रावण १ गतेदेखि १५ गतेको समयमा जनता जिल्ला वा क्षेत्रका सदरमुकामसम्म पुगेर आफ्नो नाम दर्ता गर्न वा अध्यावधिक गर्न मुस्किल पर्दछ । त्यस्तै निर्वाचन कानुनमा व्यवस्था भए बमोजिम सम्बन्धित निर्वाचनको मिति घोषणा भएपछि मात्र मतदाता नामावली अध्यावधिक गर्न पाईदैन । निर्वाचन आयोगले त्यो समय अगावै मतदाता नामावली अध्यावधिक गर्न बन्द गर्नाले नागरिकको अधिकार हनन् हुन्छ ।
हामीले यहा“ यो विषयमा ध्यानाकर्षण गराउन चाहन्छौं कि दिनहु“ १०००–१५०० का दरले नेपालीहरु विदेशीई रहेका छन् । वर्षाकाल वा खेतीपाती सकेर विदेश जाने संख्या झन बढी हुन्छ । उनीहरु विदेश जाने मुख्य नाका का“कडभिट्टा, विराटनगर, विरगंज, भैरहवा, नेपालगन्ज, महेन्द्रनगरका भन्सार कार्यालयहरु र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाई आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था गर्न पनि हामीले विशेष आग्रह गर्दछौं । त्यसो भएमा निर्वाचनको बेला उनीहरु देशमा आइ मतदान गर्न सम्भव हुने छ । 
(२) नोकरी एवं व्यवसायको लागि नेपाली नागरिकहरुको ठूलो संख्या विदेशमा छ । उनीहरुलाई देशमा हुने आम निर्वाचनमा उनीहरुले काम गर्ने देश मै रहेर सहभागी बनाउन हामीले लगातार आवाज उठाउ“दै आएका   छौं । आगामी आम निर्वाचनमा सरकार र निर्वाचन आयोगले त्यसबारे कुनै पहलकदमी गरेको छैन । त्यसप्रति हाम्रो पार्टीले सरकार र आयोगप्रति दुःख प्रकट गर्दछ ।
(३) नेपालमा भर्खरै गणतन्त्र स्थापना भएको छ । बहुदलीय शासन प्रणाली स्थापना भएको पनि लामो समय भएको छैन । यी शासन प्रणाली ल्याउन तथा नेपालको प्रजातान्त्रिक तथा राष्ट्रियताको आन्दोलनमा आकारले साना भए पनि साना दलहरुको भूमिका उल्लेख्य छ । राष्ट्रियताको आन्दोलनमा त उनीहरुको भूमिका निकै महत्वपूर्ण हुने गरेको छ । यसप्रकारको स्थितिमा आम निर्वाचन र प्रदेशका निर्वाचनमा समेत प्रत्यक्ष र समानुपातिक दुवै तर्फ थ्रेसहोल्डको व्यवस्था गरेर ती निकायहरुमा साना दलको उपस्थितिलाई बन्देज लगाउने काम भएको छ । त्यसको हामीले विरोध गर्दै त्यो व्यवस्था हटाउन आग्रह गर्दछौं ।
(४) दोस्रो संविधान सभाबाट नया“ संविधान निर्माण भएको हो । यो संविधान सभाका पराजित शाक्तिहरुले एक वा अर्को प्रकारले यो संविधानमा तुलनात्मक रुपले राम्रा, प्रजातान्त्रिक तथा राष्ट्रियताका प्रावधानहरुलाई परिवर्तन गरी उनीहरुका पराजित नीति संविधानमा समावेश गर्न प्रयत्न गरिरहेका छन् । संविधान निर्माण कालमा नै मधेशवादी, भारतीय विस्तारवाद तथा अन्य कतिपय पक्षले काफी प्रयत्न गरेका थिए । त्यसमा उनीहरु सफल हुन सकेनन् । पछि भारतीय विस्तारवाद र मधेशवादीहरुले कडा विरोध गर्दै र संघर्ष गर्दै आए । त्यस क्रममा नेपालले भारतीय नाकाबन्दीको समेत सामना गर्न प¥यो । त्यसपछि पनि उनीहरुले संघर्ष गर्दै गए । पछि कांग्रेस माओवादी गठबन्धन सरकार निर्माण र त्यसपछि ५ नं. प्रदेशका तराईका जिल्लाहरुलाई अलग गर्ने, अंगीकृत नागरिकहरुलाई नागरिक सरहका अधिकार दिने, नागरिकता सम्बन्धी नीति र तराईका जिल्लाहरुमा निर्वाचन क्षेत्र वा प्रतिनिधित्वको संख्या बढाउन हरेक तिगडमहरु गरे । यसप्रकारका हरेक प्रयत्नमा राष्ट्रवादी वा बामपन्थी दलहरुको र जनताको उच्चप्रकारको संघर्षका अगाडि लगातार उनीहरु पराजित हु“दै गए । त्यसमा उनीहरु सफल हुन नसकेपछि अहिले फेरि प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधि संख्या बढाएर उनीहरुका ती उद्देश्य पूरा गर्न प्रयत्न गरेका छन् । यसको प्रभाव त्यहींसम्म सीमित हु“दैन । त्यसको प्रभाव प्रदेश, स्थानीय तह र अन्य कुराहरुमा पनि पर्दछ । ६०१ जना प्रतिनिधिको बारेमा तिव्र विरोध भइरहेको छ । यो सख्याको बृद्धिले उनीहरुको ठूलो खर्चको व्यय भार देशमा पर्नु एउटा कुरा हो । त्यसको साथै राष्ट्रिय राजनीतिमा यसको नराम्रो असर पर्दछ । त्यसकारण त्यो गलत छ । यसप्रति सबै देशभक्त, प्रजातान्त्रिक शक्ति र आम न्यायप्रेमी जनतालाई सचेत र संघर्षशील रहन हार्दिक अपील गर्दछौं ।

चित्रबहादुर के.सी.
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal