rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !@, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ श्रावण  गते  

प्रेस वक्तव्य
राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको छैठौँ पूर्ण बैठक २०७४ श्रावण ६ गते बुटवलमा सम्पन्न भएको छ । उक्त बैठक मुख्यतः स्थानीय तहको निर्वाचनको समीक्षा गर्न र अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको पहिलो चरणका कार्यहरूको समीक्षा तथा सङ्गठन सुदृढीकरण गर्ने बारेमा भएको थियो । बैठकले अन्य कैंयन महत्वपूर्ण निर्णय गरेको छ । ती निर्णयहरू सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।
१. स्थानीय तहको दुई चरणका निर्वाचन सामान्यतः सफलतापूर्वक सम्पन्न भएका छन् । उक्त निर्वाचन सफल पार्नका लागी योगदान गर्ने जनता, राजनीतिक दल, अनुगमन गर्ने सङ्घ संस्था, निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय तथा सरकार समेतलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई हार्दिक बधाई र शुभकामना दिन चाहन्छौँ । 
उक्त निर्वाचनमा बाग्लुङमा अध्यक्ष १, उपाध्यक्ष २, वडा अध्यक्ष ११ र अन्य सदस्यहरू ४५ सहित ५९ जना, प्यूठानमा अध्यक्ष २, उपाध्यक्ष २, वडा अध्यक्ष १३ र अन्य सदस्यहरू ६० सहित ७७ जना, अर्घाखाँचीमा वडा अध्यक्ष ४, अन्य सदस्यहरू २२ सहित २६ जना, गुल्मीमा उपाध्यक्ष १, अन्य सदस्यहरू ६ सहित ७ जना, नवलपरासीमा वडा अध्यक्ष १ र अन्य सदस्य १ गरी २ जना, सुर्खेतमा वडा सदस्य १, डोल्पामा वडा सदस्य १, र पाल्पामा वडा सदस्य १ गरी जम्मा १७४ जना र दलित तथा अल्पसङ्ख्यकबाट (खुल्ला) गाउँ, नगरपालिकाका कार्यपालिकाहरूमा निर्वाचित १६ जना गरी देशभर जम्मा १९० जना जनप्रतिनिधहरू राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका छन् । गाउँ तथा नगर कार्यपालिकामा प्यूठान जिल्लामा ३५ जना, बाग्लुङमा २५ जना, अर्घाखाँचीमा १० जना, गुल्मीमा ३ जना, नवलपरासीमा १ जना, रूपन्देहीमा १ र सुर्खेतमा १ जना गरी जम्मा ७६ जना निर्वाचित भएका छन् । 
उक्त निर्वाचन परिणाम राष्ट्रिय स्तरमा अत्यन्त कम हो । त्यो परिणाम हाम्रो लागि सन्तोषजनक छैन । तर पनि यो निर्वाचन हाम्रो सङ्गठनको कमजोर अवस्था र जुन हर्कतहरूका बीचमा सम्पन्न भयो, त्यो अवस्थामा यो परिणाम कम होइन । भारतीय विस्तारवाद, मधेशवादी र विखण्डनकारी शक्तिहरूले उनीहरूको उद्देश्य अनुसार संविधान संशोधन नभएसम्म निर्वाचन गर्न नदिने ठूलो प्रयास गरे । सरकारले त्यस प्रकारले संविधान संशोधन गर्न निर्वाचनको मिति पटक पटक सार्‍यो । ३ चरणमा निर्वाचनको घोषणा भयो । निर्वाचन हुन्छ कि हुन्न भन्ने मतदानको केही दिन अगाडिसम्म आशङ्का रहिरह्यो । वर्षा र खेतीपातीको समय, निर्वाचन प्रचारको लागि पर्याप्त समय नदिनु निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी नहुनु अत्यन्त ठूलो सङ्ख्यामा मतपत्रको बदर हुनु, निर्वाचनमा सरकार, ठूला राजनीतिक दल र स्वयं निर्वाचन आयोगले समेत निर्वाचन आचार संहिताको पालन नगर्ने वा उल्लङ्घन गर्ने, भोज भतेर गर्ने र व्यापक मात्रामा पैसा वितरण गर्ने काम भयो । यस प्रकारको प्रतिकूल परिवेशमा सही राजनीतिक नीति, पार्टीको स्वच्छ छवि र उमेदवारहरूको राम्रो योग्यताको आधारमा राष्ट्रिय जनमोर्चाले निर्वाचन जित्न निकै कठिन काम हो । त्यसकारण ठूला वा सत्तामा रहेका दलको तुलनामा राष्ट्रिय जनमोर्चाको निर्वाचन परिणाम कम हुनु स्वभाविक पनि छ । चुनावमा गएका अन्य कैयौँ पार्टीहरूको तुलनामा र राजनीतिक नीतिका आधारमा स्वच्छ प्रकारले हामीले प्राप्त गरेको परिणामलाई सन्तोषजनक मान्नु पर्दछ । जुन प्रकारले कठिन सङ्घर्ष गरेर हामीले विजय पाएका छौँ । त्यही प्रकारले हामीले जनता बीच घोषणा गरेका नीति, कार्यक्रम तथा प्रतिबद्धताहरूलाई पूरा गर्नु पर्दछ । 
२. अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको १ वर्षे अभियानमा प्रथम चरणका कार्यक्रमहरू सकिएका छन् । सुरुका कार्यक्रमहरू जस्तो उद्घाटन कार्यक्रम, प्रचार कार्य, प्रकाशन, अन्तरक्रिया आदि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन् । तर शतवार्षिकी कार्यक्रमको मुख्य पक्ष “हजारौँ क्रान्तिकारीहरूलाई भर्ना गर्ने” र सङ्गठन निर्माणको काम त्यस प्रकारले हुन सकेन र त्यसमा कमजोरी रह्यो । यो कार्यलाई पूरा गर्न आगामी प्रदेश तथा संसदीय निर्वाचनलाई समेत विचार गरेर सङ्गठनको स्थिति राम्रो भएका जिल्लाहरूमा विशेष ध्यान दिएर श्रावण १५ गतेदेखि भाद्र महिनाभरि विशेष रूपले सङ्गठनात्मक अभियान चलाउने निर्णय भएको छ । त्यससम्बन्धी कार्यक्रमहरू बनेका छन् । कार्यकर्ताहरूको खटन पटन भएको छ । अन्य जिल्लाहरूमा पनि शतवार्षिकी कार्यक्रम सहित सङ्गठनका कार्यक्रमहरू जारी रहने छन् र तिनीहरूलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउन प्रयत्न गरिने छ ।
३. प्रदेशहरू सङ्घीय संरचना अनुसार निर्माण भएका छन् । हाम्रो सङ्घीय व्यवस्थाको विरोधगर्ने नीति जारी छ । प्रदेशहरू एकात्मक व्यवस्थामा पनि प्रशासनिक दृष्टिले आवश्यक अङ्ग हुन् । त्यस्ता निर्वाचनमा हामीले भागि लिने गरेका छौँ । त्यसकारण आगामी प्रादेशिक तथा संसदीय निर्वाचनलाई ध्यान दिएर पार्टीको क्षेत्रीय भौगोलिक संरचनालाई प्रदेशको संरचना अनुसार निर्माण गरिएको छ । ती प्रदेशहरूमा प्रादेशिक समितिहरू पनि गठन भएका छन् ।
४. स्थानीय तहको तेस्रो चरणको प्रदेश नं. २ को निर्वाचनमा बढीभन्दा बढी उमेदवार खडा गरेर जनताको बीचमा जाने निर्णय भएको छ । तराईमा विशेष गरी हाम्रो पार्टीलाई तराई–मधेशको विरोधी भनी गलत प्रचार भएको छ । त्यसले तराईका जनतामा हाम्रो पार्टीप्रति भ्रम फैलाइएको छ । त्यो अवसरमा तराई–मधेशका जनताको बीचमा गएर त्यो भ्रम र अफवाहलाई स्पष्ट पार्ने काम पनि हुनेछ । 
५. भारत बहुराष्ट्रिय देश हो । त्यहाँ बेग्लाबेग्लै राज्यको लागि समय समयमा सङ्घर्षहरू चल्ने गरेका छन् र त्यस प्रकारले राज्यहरू पनि थपिंदै गएका छन् । भारतको दार्जलिङमा त्यहाँका जनताले गोरखाल्याण्डको माग सहित सञ्चालन गरेको आन्दोलन जायज र सही छ । त्यसकारण त्यसलाई हाम्रो पार्टीले समर्थन गर्दछ ।
६. केही जिल्लाका भूकम्प तथा बाढी पीडित जनतालाई पार्टीको विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने निर्णय भएको छ । त्यो सहयोग वितरणका लागि व्यवस्थापन मिलाइएको छ ।

चित्रबहादुर के.सी.
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal