rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !@, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ श्रावण २२  गते  

प्रेस वक्तव्य

डोटीमा जीप दुर्घटना हुँदा एउटै गाउँका पुगनपुग एक दर्जन व्यक्तिहरूको मृत्यु र ठूलो सङ्ख्यामा घाइते भएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । हामीले मृत भएका सबै व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरूका परिवारहरूप्रति समवेदना प्रकट गर्दछौँ । त्यसका साथै मृतकका परिवारहरूलाई क्षतिपूर्ति दिन तथा घाइतेहरूको समुचित उपचारका लागि पनि हाम्रो पार्टीले सरकारसित अनुरोध गर्दछ ।

रौतहटमा बाटो खन्दा बनेको खाल्टोमा जमेको पानीमा परी बालिकाहरूको मृत्यु भएको घटनाबाट हाम्रो पार्टी स्तब्ध भएको छ । वास्तवमा ठेकेदारको गैरजिम्मेवार व्यवहारका कारणले नै त्यस प्रकारको दुखद घटना भएको हो । त्यसैले हाम्रो पार्टीले ठेकेदारलाई समुचित कारवाही र सजाय गरी मृतक बालिकाहरूका परिवारहरूलाई क्षतिपूर्तिदिन पनि हाम्रो पार्टीले सरकारसित माग गर्दछ ।

वास्तवमा सडकमा बनेका खाल्टाहरूबाट राजधानी सहित देशका कैयौँ भागहरूमा दुर्घटना हुने गरेका छन् । प्रधानमन्त्री शेरबहादुरले १५ दिनभित्र काठमाडौँका खाल्टाहरू पुर्नका लागि कडा निर्देशन दिएपनि अन्य सबै निर्देशन जस्तै कार्यान्वयन हुन सकेन । यसरी सडकमा बन्ने खाल्टाहरू एउटा स्थान विशेषको नभइ राष्ट्रिय समस्या नै बनेको छ । त्यो समस्यालाई हल गर्न गम्भीर बन्न हाम्रो पार्टीले सरकारसित अनुरोध गर्दछ ।

मिति ः २०७४ श्रावण २२ गते 

दुर्गा पौडेल

उपाध्यक्ष एवं प्रवक्ता

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal