समाचार
|
बाढी
पहिरोबाट मृत्य भएकाहरूको परिवारलाई
राजमोको राहत बागलुङ । बागलुङ जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राष्ट्रिय जनमोर्चाले राहत वितरण गरेको छ । अघिल्लो महिना विभिन्न ठाउँमा झरेको पहिरो र बाढीका कारण बागलुङको निसिखोला गाउँपालिका वडा नं. १ र २ ढोरपाटन नगरपालिका वडा नं. ५ र गलकोट नगरपालिका वडा नं. ९ मा गरी ८ जनाको मृत्यु भएको थियो । राजमोका जिल्ला अध्यक्ष अमर थापाले यही भदौ २ र ३ गते स्थानीय प्रहरी एवं राजनीतिक दलका प्रतिनिधिहरूको रोहवरमा पीडित परिवारका घरमै पुगेर राहत वितरण गर्नु भएको हो । राजमोले मृतकका परिवारलाई प्रति परिवार पाँच हजार रूपैयाँका दरले राहत दिएको जनाएको छ । बाढी पहिरोबाट निसिखोला गाउँपालिका वडा नं. १ की ७६ वर्षीया खगिसरा सिंजाली, वडा नं. २ का ६२ वर्षीय मनिराम छन्त्याल, सोही वडाकी ६३ वर्षीया नन्दकली छन्त्याल, २२ वर्षीय नन्दी छन्त्याल, ढोरपाटन नगरपालिका वडा नं. ६ का ५२ वर्षीय ओम प्रकाश कामी, गल्कोट नगरपालिका वडा नं. ९ का ७१ वर्षीय जय बहादुर कामी र १३ वर्षीय विवेक कामीको ज्यान गएको थियो ।
फर्कनुहोस्
|
|
|
अन्य समाचार |
मिति ः २०२६, पौष १७, विहीवार
मिति ः २०२६, पौष १७, विहीवार
मिति ः २०२६, पौष १७, विहीवार
मिति ः २०२६, पौष १७, विहीवार
मिति ः २०२६, पौष १७, विहीवार
|
अडियो / भिडीयो |
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
|
|
अल्बुम |
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार
राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार
विरोध सभामिति ः २०६९, मसिर २७, बुधवार
फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार
दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
|
|
|