rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति ः २०७४ असोज २६ गते

प्रेस वक्तव्य

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा तालमेलको विषय स्पष्ट पार्न र प्रत्यक्षतर्फका केही उमेदवारहरुको घोषणा गर्न यो वक्तव्य जारी गरिएको छ । 
१. निर्वाचन तालमेल ः 
हामीले नया“ संविधानको निर्माण पछि संविधानका मुख्य अन्र्तवस्तु गणतन्त्र, धर्म निरपेक्षता, जनताका मौलिक अधिकार र राष्ट्रिय एकता एवं अखण्डताको रक्षार्थ संविधानको कार्यान्वयनमा जोड दिंदै आएका छौं । यी नीतिहरुलाई सहयोग पु¥याउन त्यस प्रकारका राजनीतिक शक्तिहरु– नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेसहरुस“ग सहकार्य तथा स्थानीय तहको निर्वाचनमा पनि चुनावी तालमेल गर्ने नीति अपनाएका थियौं । अहिले पनि हाम्रो त्यो नीति र कार्यशैली कायम नै छ । तर नेपाली कांग्रेस वा त्यसका सभापति शेरबहादुर देउवाले अपनाएका नीति र कार्यशैली गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र संविधानको रक्षाको दृष्टिले गम्भीर रुपले खतरनाक छन् । उनको विगत र राजनीतिक चरित्र पनि त्यस प्रकारको नै रहेको छ । तात्कालिक राजा ज्ञानेन्द्रको प्रतिगामी कदमको लागि उनी नै निमित्त भएका थिए । प्रतिगमन विरोधी आन्दोलनको बीचैमा राजाद्वारा गठित सरकारको नेतृत्व गर्न पनि पुगे । आइ.जी.पी. नियुक्ति प्रकरणमा प्रधानन्यायाधीसलाई महाभियोग लगाउने जोड गरे । भारतको चाहना अनुसार नया“ संविधानलाई संशोधन गर्न ठूलो प्रयत्न गरे । तर उनी सफल हुन सकेनन् । त्यसपछि पनि भारतमा गएर यो संविधान संशोधन गराएरै छाड्ने वचतबद्धता गरेर आएका छन् । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बहुमत ल्याएर भारतको सेवामा संविधान संशोधन गर्ने कुरा आमरुपमा बताउ“दै आएका छन् । त्यसकारण नेपाली कांग्रेसबाट नै गणतन्त्र, धर्म निरपेक्षता, राष्ट्रियता आदि कुरामा खतरा छ । राष्ट्रियताको सवालमा माओवादी केन्द्रका नीति पनि खतरनाक छन् । तर त्यसको एमालेस“गको गठबन्धन र पार्टी एकता समेत गर्ने घोषणाले अब त्यसप्रकारका नीतिहरु निस्तेज हु“दै जाने छन् भन्ने हामीलाई लागेको छ । यसैले हामीले आगमी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसस“ग चुनावी तालमेल नगर्ने र एमाले सहितको गठबन्धनस“ग चुनावी तालमेललाई हामीले जोड दिन्छौं । विद्यमान गम्भीर परिस्थितिप्रति ध्यान दिएर अवसरवादी प्रकारले र केबल आफ्नो हार जितको प्रश्न मात्र होइन, भावी राजनीति र प्रतिक्रियावादी वा प्रतिगामी शक्तिहरुलाई पराजित गर्ने प्रश्नलाई ध्यान दिएर आगामी चुनावमा तालमेल गरेर जाने नीति अपनाउन विशेष जोड दिन चाहन्छौं । स्थानीय तहसम्म वामपन्थीको जनमत र जनलहर बृद्धि भएको छ । यसको मुख्य कारण निर्वाचनमा वामपन्थीको एकता नै हो । जनताको त्यसप्रकारको विचार र भावनालाई सम्मान र रक्षा गर्न ध्यान दिनु पर्दछ ।
२.  उमेदवारको घोषणा ः 
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनको लागि निम्न अनुसार उमेदवारहरु चयन गरिएको छ ः
(१) बाग्लुङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा का. मिना पुन ।
(२) अर्घाखा“ची प्रतिनिधि सभामा का. शेरबहादुर वि.सी. ।
(३) बाग्लुङ प्रदेश सभा – प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को १ नं. क्षेत्रमा का. तिलक थापा ।
(४) बाग्लुङ प्रदेश सभा – प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को २ नं. क्षेत्रमा का. कृष्ण थापा ।
(५) बाग्लुङ प्रदेश सभा – प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को १ नं. क्षेत्रमा का. भिमसेन वन ।
(६) बाग्लुङ प्रदेश सभा – प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को २ नं. क्षेत्रमा का. टेकबहादुर घर्ती ।
(७) प्यूठान प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा का. इमान सिंह खड्का ।
(८) प्यूठान प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा का. कृष्ण बहादुर खड्का ।
(९) अर्घाखा“ची प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा का. सागर के.सी. ।
(१०) अर्घाखा“ची प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ का. झविलाल थापा ।
बाग्लुङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ र प्यूठान प्रतिनिधि सभाका उमेदवार यस अघि नै सार्वजनिक गरिएको छ । बाकी उमेदवारहरु सार्वजनिक गर्दै जाने छौं । 



चित्रबहादुर के.सी. 
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal