rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं,  समृद्ध नेपालको निर्माण गरौं ”

राष्ट्रिय जनमोर्चाको अपील

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,
हामीले जनताको संघर्षद्वारा गणतन्त्र स्थापना गरेका छौं । यो व्यवस्थाअन्तर्गत प्रथमपटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हु“दैछ । यो चुनावको नेपालको राजनीतिमा अत्यन्त ठूलो महत्व छ । तपाईहरूलाई थाहा छ, राष्ट्रिय जनमोर्चाको देशको राजनीतिमा गौरवपूर्ण इतिहास छ । यो पार्टी मात्र कुनै पनि राष्ट्रघात, भ्रष्टाचार, जनविरोधी र राष्ट्रविरोधी कार्यमा संलग्न छैन । सरकारमा गएको बेलामा पनि स्वच्छ रहेको छ । यसका नीतिहरू सही छन्, ती नीतिमा दृढता छ । पार्टी, नेता तथा कार्यकर्ताहरूको चरित्र उज्वल र निष्कलंक छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर यसका प्रत्यक्ष र समानुपातिक उमेदवारहरू खडा भएका छन् । राष्ट्रिय जनमोर्चा र यसका उमेदवारहरूलाई गिलास चिन्हमा मतदानगरी विजयी बनाउन हामीले सम्पूर्ण जनतास“ग अपील गर्दछौं । 
नेपाल अति नै विकासको सम्भावना भएको देश हो । प्राकृतिक, सांस्कृतिक, जनशक्ति आदि सम्पदाहरूले भरिपूर्ण छ । जलश्रोत, उद्योग, कृषि र पर्यटन क्षेत्रको विकासले मात्र पनि समृद्ध नेपालको ढोका खुल्छ । एक लाख मेघावाट जलविद्युत निस्कने सम्भावना छ । उद्योग कलकारखाना विकासका आधार हुन् । उद्योग, कलकारखाना र राष्ट्रिय पु“जीको निर्माण गर्न सकिन्छ । कृषिको विकासका पनि प्रसस्त सम्भावनाहरू छन् । विविध र अनुपम प्राकृतिक, सांस्कृतिक, विभिन्न जाति, समुदाय, कला एवं लुम्बिनी, पशुपतिनाथ, जनकपुर, सर्वोच्चशिखर सगरमाथा, सयौं ताल र कुण्डहरू आदिको संरक्षण र विकास गरी पर्यटनलाई उद्योगको रूपमा विकास गर्न सकिन्छ । ग्रामीण पर्यटनको अत्यन्त धेरै संभावना छ । यस्तो श्रोत, साधन र जनशक्तिले सम्पन्न र सुन्दर देश आज किन गरीब, पछौटे र दुःखी बन्यो ? यसको दोषि को हो ?
जलश्रोतको समुचित र बहुआयामीक उपयोग गर्नु पर्छ । देशमा तीव्र औद्योगिकीकरण गर्दै औद्योगिक उत्पादन र उत्पादकत्व बढाउनु पर्छ । जग्गाको चाक्लाबन्दी गर्ने र कृषिको आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्नु पर्छ । पर्यटनलाई उद्योगको रूपमा विकास गर्नु पर्छ । तर यसको लागि सही राजनीतिक नीति र नेतृत्व चाहिन्छ । 
गणतन्त्र स्थापना गरे पनि देशको अर्धसामन्ती र अर्धऔपनिवेशीक अवस्थालाई परिवर्तन गर्न सकेका छैनौं । विद्यमान गणतान्त्रिक व्यवस्था पनि बुर्जुवा व्यवस्था हो । यस व्यवस्थाले किसान, मजदूर, महिला, दलित, जनजाति, विद्यार्थी, शिक्षक, न्यूनवैतनिक कर्मचारी, मधेशी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, प्रवासी नेपाली, दुर्गमबासी जनता, युवा, बृद्धा, बालबालिका, असहाय, हलि, गोठाला आदिका समस्याहरू समाधान गर्न सक्दैन । त्यसैले उनीहरूको जीवनमा परिवर्तन पनि आएको छैन । उनीहरूका समस्याहरू समाधान नभएसम्म लोकतन्त्र र विकासको सार्थकता हु“दैन । लोकतन्त्र र विकासको अनुभूति हुनेगरी जनताका जीवनमा परिवर्तन ल्याउन आजको देशको विद्यमान राजनीति, अर्थतन्त्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आवश्यकता छ । तब एक समृद्ध, न्याय र समानता भएको सुन्दर समाज निर्माण गर्न सकिन्छ । त्यो उद्देश्यहरूमा राष्ट्रिय जनमोर्चा निरन्तर क्रियाशील छ । 
नया“ संविधानमा गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता, जनताका मौलिक अधिकार, समावेशी लोकतन्त्र, उत्पीडित जाति र समुदायको लागि आरक्षण आदि राम्रा कुराको व्यवस्था छ । हामीले यसको कार्यान्वयनमा जोड दिएका छौं । तर, संघीयता हाम्रो देशको लागि सही छैन । त्यसको ठाउ“मा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक व्यवस्था सही हुन्छ । लोकतन्त्र र राष्ट्रियताको विरूद्ध रहेका संघीयता, क्षेत्रीयतावाद, मधेशवाद, साम्प्रदायिकता, बहुराष्ट्रवाद, एक मधेशप्रदेश, “आत्मनिर्णय”को अधिकार आदि कुराहरूबाट देश र जनतालाई बचाउन आवश्यक छ । देशमा अराजकता, अस्थिरता र आतंक फैलाउने, संविधान कार्यान्वयन गर्न नदिने, देश टुक्राउन खोज्ने, स्थानीय तहलाई कमजोर बनाउने, तिनका अधिकार खोस्ने, स्थानीय तहलाई प्रदेशको मातहतमा राख्ने, सम्पूर्ण तराईलाई पहाडी भूखण्डबाट अलग गर्ने, अंगीकृत नागरिक मुख्य संवैधानिक पदमा जान पाउनु पर्ने, जनसंख्यालाई मात्र आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्ने, संविधान प्रदत्त अधिकारहरू खोस्ने वा प्रतिगमन तर्फ लैजाने गतिविधिहरू भएका छन् । त्यसको लागि संविधान संशोधन गर्दै जाने दुष्प्रयासहरू पनि भइरहेका छन् । मधेशवादी (मधेशी जनता होइन), पुनरूत्थानवादी र नेपाली कांग्रेस समेतबाट त्यसप्रकारको खतरा छ । 
हाम्रो सही र प्रष्ट विदेशी नीति छैन । आपसी हित, समानता र सम्मानका आधारमा वैदेशिक सम्बन्ध स्थापना हुनु पर्छ । भारतीय विस्तारवाद हाम्रो देशको विकासमा बाधा बनेको छ । यसले प्राकृतिक श्रोतसाधन, बजार, अर्थतन्त्र, राजनीति र प्रशासनसम्ममा हस्तक्षेपगर्दै आएको छ । यसले अन्ततः नेपाललाई भारतीय संघमा गाभ्न चाहन्छ । खाडी मुलुकमा लाखौं नेपाली युवायुवतीहरू छन् । त्यहा“ तिनीहरूलाई दलालदेखि मालिकसम्मले ठगी र शोषण गर्दछन् । जोखिमपूर्ण कामबाट अंगभंग हुने र मृत्यु हुने गरेको छ । भारतमा पनि नेपालीमाथि विभिन्न प्रकारका अन्याय, अत्याचार हुने गरेको छ । महिलाहरूमाथि कैयौं गुणा बढी उत्पीडन र अत्याचार हुन्छ । यो हाम्रो देशको गम्भीर समस्या हो । हामीले यसको शिघ्र समाधानमा जोड दिन्छौं । 
हाम्रो देशमा भ्रष्टाचार राष्ट्रिय समस्या भएको छ । तस्करी र कालोबजारी मौलाएको छ । यो स्थितिलाई हेर्दा सिंहदरवारको अधिकार गाउ“मा जाने भन्दा सिहदरवारको भ्रष्टाचार गाउ“घरमा पुग्ने छ । जनताको जनजीवन झन कष्टकर हु“दै जानेछ । विकासको गति रोकिने छ । ग्रामीण, पिछडिएको क्षेत्र तथा समुदायको विकास पछाडि पर्दै गएको छ । यो दुर्गती अन्त गर्न र त्यसको लागि सन्तुलित विकास नीति एवं न्यायपूर्ण समाज व्यवस्थाको निर्माण गर्न हामी हरदम लागिरहेका छौं । 
न्यायप्रेमी जनसमुदाय,
यस्तो संगीन स्थितिमा यो निर्वाचनमा राष्ट्रघाति, पुनरूत्थानवादी, भ्रष्टाचारी र जनविरोधीहरूलाई तिनको भ्रष्टाचार गरेको पैसा लिएर, भोज भतेर गरेर, दबावमा परेर वा विकासका सपनाको भ्रममा परेर मतदान गर्ने गल्ती गर्नु हु“दैन । देशको राजनीतिमा प्रभावकारी भूमिका खेल्न राष्ट्रिय जनमोर्चाको प्रतिनिधिसभा र प्रदेशसभाहरूमा उल्लेख्य उपस्थिति आवश्यक छ । तसर्थ हामीले राष्ट्रिय जनमोर्चा र यसका उमेदवारहरूलाई विजयी बनाउन सबै नेपाली दाजुभाई, दिदीबहिनीहरूलाई पुनः हार्दिक अपील गर्दछौं । 

मिति ः २०७४ कार्तिक १५

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal