rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



      मिति ः २०७४ कार्तिक १८ गते

प्रेस वक्तव्य

काठमाडौंमा गत बुधबार दुईजना भारतीयहरुलाई अटोमेटेड अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने प्रसस्त गोलीहरु सहित नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाको संवेदनशीलताको बेलामा ती दुई जना भारतीयहरुले हतियारले फायरिङग गरेको अवस्थामा भेटिनु गम्भीर कुरा हो । यसले राज्यको  कमजोर सुरक्षा स्थितिलाई बताउ“छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन हामीले जोड दिन्छौं । 
भारतीय राजदूत मनजित पुरी यतिबेला २ नं. प्रदेशका जिल्लाहरुमा निर्वाचनलाई प्रभावित पार्न सक्रिय भएका समाचारहरु आइरहेका छन् । यो सबैलाई थाहा भएको कुरा हो कि भारतीय विस्तारवादले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएको छ । नेपाली जनताले बनाएको संविधान अहिलेसम्म त्यसले स्वीकार गरेको छैन । यो संविधानलाई कार्यान्वयन हुन नदिन र यसअन्तर्गत हुने निर्वाचनलाई असफल बनाउन वा मधेशवादीसहितको नेपाली कांग्रेसको गठबन्धनलाई सहयोग गर्न भारत सक्रिय रहेको छ । पहाडबाट तराईलाई अलग गराउन दबाव दिन नाकाबन्दी ग¥यो । ५ नं. प्रदेशका तराईका जिल्लाहरुलाई पहाडबाट अलग गर्न ठूलो कसरत ग¥यो । यी कुरामा भारत असफल बन्दै गएको छ । गत स्थानीय चुनावमा भारतीय विस्तारवादका अग्रदस्ता बनेका मधेशवादीहरुलाई मधेशी जनताको कति समर्थन रहेछ प्रष्ट भएको छ । नेपाली कांग्रेससहितको गठबन्धनलाई जिताउनको लागी राजदूत पुरी सक्रिय भएका हुन् । भारतीय विस्तारवादको हस्तक्षेपकारी भूमिकालाई नेपाल सरकारले रोक्नुको सट्टा त्यसबारे अमूक रहनुको अर्थ हो त्यसलाई मौन समर्थन गर्नु । सरकारले यसप्रकारको कार्यलाई मौन समर्थन गर्ने कुराप्रति हाम्रो गम्भीर आपत्ति छ र त्यसको हामीले विरोध गर्दछौं । सुरक्षाको स्थिति मजबुत पार्न र राजदूत पुरीका त्यसप्रकारका क्रियाकलाप तत्काल रोक्न हामीले सरकारस“ग आग्रह गर्दछौं ।


चित्रबहादुर के.सी. 
अध्यक्ष 
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal