rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



    मिति  २०७४ मंसीर १७ गते

प्रेस वक्तव्य

केही समय अघिदेखि देशका विभिन्न भागमा बम पड्की रहेका छन्, हत्या हिंसाका घटना घटिरहेका छन्, निर्वाचन आचार संहिताको उल्लंघन भएको छ । यी कुराहरुप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।
निर्वाचनलाई लक्षित गरेर पहाड, तराई, शहर, गाउघर जहा कहीं विस्फोटक पदार्थ वा बम राख्ने र हत्या हिंसाका घटनाहरु तीव्ररुपमा भएका छन् । राजधानी काठमाडौंमा पनि त्यसप्रकार घटनाहरु घटिरहेका छन् । केही समय अघि काठमाडौंमा दुई सार्प–सुटर भारतीय व्यक्तिहरु हतियार सहित गिरफ्तार भएका थिए । हिजो बारामा एक गाई पालक किसानका दम्पत्तिको विभत्स हत्या भएको छ । सुरक्षाकर्मी मारिएका छन् । राजनीतिक दलका शीर्ष नेता र उमेदवारहरुलाई लक्षित गरेर आक्रमण भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अवसरमा यस प्रकारका घटनाहरु दिनप्रति दिन बढ्दै जानु गम्भीर कुरा हो । 
नया“ संविधानको निर्माण भएपछि त्यसको कार्यान्वयन गर्न स्थानीय तह र प्रदेशहरुको सीमाङ्कन भयो । स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रथम चरणको निर्वाचन शान्तिपूर्ण र व्यापक जनसहभागिता साथ सम्पन्न भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको दिन नजिक आउ“दै गर्दा यसप्रकारका घटनाहरु तीव्ररुपमा बढेका छन् । यस कुराले यो कुरामा कुनै शंका छैन कि यी घटनाहरु संविधान, गणतन्त्र र राष्ट्रियता विरोधी तत्वहरुद्वारा नै घटाइएका छन् । घटनाको व्यापकतालाई हेर्दा यी घटनाहरुका पछाडि ठूला शक्तिकेन्द्रहरुको हात पनि हुन सक्दछ । जुनसुकै शक्ति वा कोणबाट घटनाहरु घटाइए पनि यी घटनाहरु देश र जनताका विरुद्ध छन् । यसप्रकारका क्रियाकलापले देशको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता वा क्रान्तिकारी उद्देश्यलाई कुनै मद्दत गर्दैन । उनीहरुको उद्देश्य यो निर्वाचनलाई असफल पार्न नै यसप्रकारका घटनाहरु घटाइएका छन् । तर सरकार यी घटनाहरुप्रति मुकदर्शक बनेको छ । प्रधानमन्त्री कै नेतृत्वमा रहेको गृहमन्त्रालय यी कुराहरुको नियन्त्रण गर्न तत्पर देखिंदैन । 
हामीले यसप्रकारका घटनाहरुको छानवीन गर्न, दोषीलाई कारबाही गर्न र यस प्रकारका घटनाहरु तुरुन्त रोक्न प्रभावकारी कदम चाली निर्वाचनको लागि शान्तिपूर्ण वातावरण बनाउन सरकारस“ग विशेष आग्रह गर्दछौं । 
निर्वाचनमा सरकारले निर्वाचन आचार संहिताको हदैसम्म उल्लंघन गरेको छ । तर निर्वाचन आयोगले सामान्य विज्ञप्ति निकालेर विरोध जनाउनु बाहेक केही गर्न सकेको छैन । हाम्रो पार्टीले सरकार र निर्वाचन आयोगका यसप्रकारका गलत र नियम कानुनको उल्लंघन गर्ने कार्यको विरोध गर्दछ र नियम, कानुन एवं आचार संहिताको अघिनमा रही काम गर्न चेतावनी दिन्छ ।


चित्रबहादुर के.सी. 
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal