rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु


राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



  मिति ः २०७४ मंसीर २६ गते 
प्रेस वक्तव्य
नया संविधानको कार्यान्वयन हुन नदिन यसका विरोधी शक्तिहरुले निर्वाचनको विरोध गर्दै आएका थिए । उनीहरुको त्यो प्रयत्नको बावजुद स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र व्यापक जनसहभागीता साथ सम्पन्न भएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पनि यही मंसीर १० र २१ गते दुई चरणमा सामान्यतः शान्तिपूर्ण र ठूलो जनसहभागिताका साथ सम्पन्न भएको छ । यो निर्वाचनमा प्यूठानबाट हाम्रो पार्टीका उपाध्यक्ष दुर्गा पौडेल विजयी हुनु भएको छ । बाग्लुङ जिल्लाबाट प्रदेशसभामा कृष्ण थापा र टेकबहादुर घर्ति विजयी हुनु भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का धेरै साथीहरु विजयी हुनु भएको छ । हामीले सबै विजयी साथीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन्छौं । यो विजय गराउने सम्पूर्ण मतदाताहरुलाई पनि धन्यवाद दिन्छौं । यो निर्वाचनको नेपालको राजनीतिमा धेरै ठूलो महत्व छ । यो निर्वाचन सफल पार्न सहभागी सबै जनसमुदाय, राजनीतिक दल, सरकार, निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकारी संघ÷संस्था तथा हाम्रो पार्टीका साथीहरु सबैलाई हार्दिक धन्यवाद छ ।
यो निर्वाचन असफल पार्न यसका विरोधीहरुले निकै प्रयत्न गरे । पहाड, तराई, शहर–बजार, गाउमा समेत निजी र सार्वजनिक स्थानमा विस्फोटक पदार्थ राख्ने, उमेदवारहरुलाई लक्षित गरेर बम प्रहार गर्ने र निर्वाचन भाड्ने दुष्प्रयास पनि भयो । सरकारले र कालो धन आर्जन गरेकाहरुले पैसा बा“ड्ने, भोजभतेर गर्ने र अन्य प्रकारले निर्वाचनको आचार संहिताको उल्लंघन भयो । यी कुराहरुको बावजुद पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । 
यो निर्वाचनले अन्य आम निर्वाचनले भन्दा दुईवटा कुराले विशेष महत्व राख्दछ । प्रथम, यो निर्वाचन नया“ संविधान, नया“ संरचना, नया“ निर्वाचन पद्धति अनुसार भएको छ । यसले २०६२÷६३ को जनआन्दोलनका उपलब्धिहरुलाई विधानतः संस्थागत बनाएको छ । दोस्रो, यो निर्वाचनबाट राजनीतिक दल वा शक्तिहरुमा राजनीतिक ध्रुवीकरण भएको छ । बामपन्थीहरुको मुख्यतः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा राष्ट्रियस्तरमै चुनावी गठबन्धन भयो । राष्ट्रिय जनमोर्चा र तिनीहरुको बीचमा बाग्लुङ र प्यूठान जिल्लामा चुनावी गठबन्धन भयो । हामीले अन्य कतिपय जिल्लाहरुमा पनि राष्ट्रिय जनमोर्चा र त्यो ‘बाम गठबन्धन’ का बीचमा चुनावी तालमेलको आवश्यकता रहेकाले तालमेलको लागि प्रस्ताव गरेका थियौं । उनीहरुले त्यसलाई स्वीकार गरेनन् । पछि उनीहरुका विभिन्न जिल्लाहरुले त्यसप्रकारको तालमेलको आवश्यकता बोध गरेर सहयोग गर्न आग्रह गरे । हामीले राजनीतिक रुपले नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनलाई हराउनु पर्ने आवश्यकता माथि ध्यान दिएर अर्घाखा“ची, गुल्मी – १ र डडेलधुरामा हाम्रो चुनाव प्रचारलाई स्थगित गरी उनीहरुलाई जिताउने निर्णय ग¥यौं । यसका अतिरिक्त हाम्रो प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्ष तर्फ उमेदवार नभएका सबै स्थानहरुमा पनि उनीहरुलाई समर्थन ग¥यौं । यसले ‘बाम गठबन्धन’ को देशव्यापी माहौल निर्माण भयो र त्यस अनुसारको परिणाम पनि प्राप्त भएको छ । 
नेपाली कांग्रेसको संविधान निर्माणसम्म निकै सकारात्मक भूमिका रह्यो । स्थानीय तहको निर्वाचनसम्म पनि कांग्रेसस“गको सहकार्य आवश्यक थियो । हामीले स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा त्यसस“ग चुनावी एकता ग¥यौं । तर, यसपछि कांग्रेसमा राष्ट्रियता, धर्म निरपेक्षता, लोकतान्त्रिक मूल्य मान्यता, कार्यशैली इत्यादिमा विचलन आएको छ । त्यसकारण अहिले नेपाली कांग्रेसको नेतृत्वमा मधेशवादी, पूर्वपञ्च, पूर्वराजा र भारतीय विस्तारवादको समेत राजनीतिक शक्ति केन्द्रीत बनेको छ । यो दुर्भाग्यको विषय हो । यसका विरुद्ध मुख्यतः राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षता, लोकतान्त्रिक मूल्य मान्यता र लोकतान्त्रिक एवं वैधानिक कार्य पद्धतिको रक्षा र विकासको लागि संघर्ष गर्नु पर्ने हुन्छ । त्यसको लागि यो शक्तिका विरुद्ध ‘बामपन्थी’हरुको धु्रवीकरण वा एकताको आवश्यकता छ । त्यसप्रकारको एकताको लागि हामीले जोड दिन्छौं । सैद्धान्तिकरुपले बामपन्थी भए पनि एमाले, माओवादी केन्द्र र हाम्रा बीचमा कैयन राजनैतिक नीतिहरुमा मतभेद छ । ती नीतिहरुमा सही समझदारीको विकास गर्नु पर्दछ । त्यसले आज राष्ट्रियता, संविधानको कार्यान्वयन र जनतन्त्रको लागि धेरै मद्दत पु¥याउ“छ । त्यसको परिणाम स्वरुप नेपाली कांग्रेसको वरीपरी केन्द्रीकृत हुन पुगेको प्रतिक्रियावादी शक्तिलाई पराजित गर्न सम्भव हुन्छ । 
हामीले यहा“ यो कुरा पनि उल्लेख गर्न चाहन्छौं कि कतिपय बामपन्थी शक्ति, नेता, व्यक्तित्व र कम्युनिस्टप्रति सहानुभूति राख्ने जनसमुदायले हामीहरु सहितको संगठनात्मक एकताको अपेक्षा गरेका छन् । हामी त्यो अपेक्षाप्रति सकारात्मक छौं । तर, त्यसको लागि हामीले सिद्धान्त, राजनीति र संगठनको विषयमा सही समझदारीमा पुग्नु पर्दछ, अन्यथा भावनात्मक रुपले उद्धेलित हु“दा त्यसको राष्ट्रिय राजनीतिमा नै गलत परिणाम आउन सक्दछ । त्यसकारण यी सबै कुरामा विचार गरेर अहिले र आगामी राजनीतिको लागि पनि बामगठबन्धनको विस्तार र मजबुत धरातल निर्माणको लागि हामीले जोड दिन्छौं । 

चित्रबहादुर के.सी. 
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal