rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



                             
       मिति  २०७४ पौष ६ गते

प्रेस वक्तव्य


थाहा भए अनुसार हाम्रो पार्टीका केही जिम्मेवार नेताहरूले आफ्नो प्रदेशका कतिपय स्थानहरूमा उक्त प्रदेशको राजधानी बनाउनका लागि सार्वजनिक रूपले नै माग गरेको वा अन्य पार्टीहरूसित मिलेर अभियान चलाइरहेको कुरा प्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यस प्रकारको कुनै पनि गतिविधि हाम्रो पार्टीको घोषित निर्णयका विरुद्ध भएकाले हामीले त्यसलाई गलत मान्दछौँ र आलोचना गर्दछौँ । 
अहिले विभिन्न प्रदेशका राजधानीहरूबारे बेग्ला–बेग्लै मतहरू देखापरेका छन् र त्यसले गर्दा एउटै प्रदेशका विभिन्न पार्टी वा जनतामा पनि विवादको स्थिति उत्पन्न भएको छ । त्यसले गर्दा प्रादेशिक सद्भावना र एकता खलबलिने आशङ्का उत्पन्न भएको छ । त्यसको असर दीर्घकालिन प्रकारको हुनेछ । त्यसैले हाम्रो पार्टीले त्यस प्रकारको विवादलाई गलत मान्दछ र विरोध गर्दछ ।
हाम्रो पार्टीको यो मत रहेको छ कि प्रादेशिक राजधानीका सन्दर्भमा सरकारले विभिन्न प्रदेशका लागि अधिकार सम्पन्न आयोगको गठन गर्नुपर्दछ । ती आयोगहरूले आवश्यक गृहकार्य गरेर दिएको सुझावका आधारमा नै प्रादेशिक राजधानीहरूका स्थानहरूबारे टुङ्गो लगाउनु पर्दछ । 
हाम्रो पार्टीका कतिपय जिम्मेवार नेताहरूले कतिपय प्रदेशमा यो वा त्यो ठाउँलाई प्रदेशको राजधानी बनाउनु पर्दछ भनेर चलाइरहेको अभियानलाई गलत मान्दछ र त्यस प्रकारका गतिवधिहरूलाई तुरुन्त बन्द गर्नका लागि सबै सम्बन्धित साथीहरूसित अनुरोध गर्दछ ।
अहिले राष्ट्रिय सभाको गठनका सन्दर्भमा विभिन्न प्रमुख राजनीतिक शक्तिहरूका बीचमा उठिरहेको विवादप्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । वास्तवमा राष्ट्रिय सभाको गठनबारे पहिले नै संसदद्वारा कानून बन्नु पर्दथ्यो । त्यस प्रकारको कानून नबन्नु गम्भीर प्रकारको गल्ति हो र त्यसका लागि हामीले सम्बन्धित राजनीतिक शक्तिहरू वा त्यो बेलाको सरकारको आलोचना गर्दछौँ । त्यसबारे राष्ट्रपतिकहाँ गएको अध्यादेशका कारणले राष्ट्रिय सभाको गठनमात्र होइन, सरकारको गठनबारे गम्भीर गत्यावरोधको स्थिति उत्पन्न भएको छ । त्यसले गर्दा उक्त अध्यादेश राष्ट्रपतिद्वारा जारी भएपनि वा नभएपनि गम्भीर राजनीतिक जटिलता उत्पन्न हुने सम्भावनाप्रति हाम्रो पार्टीको ध्यान गएको छ । उक्त अध्यादेश जारी नहुँदासम्म सत्ता हस्तान्तरण नगर्ने भनेर अहिलेको सरकारले अडान लिएको छ । त्यो प्रश्नमा विवाद कायमै रहिरह्यो भने कहिलेसम्म सरकारको गठन हुने होइन र त्यसले गर्दा देशमा कुन प्रकारको गम्भीर राजनीतिक स्थिति उत्पन्न हुने हो ? त्यो पनि अत्यन्त चिन्ताको विषय हो । अहिले राष्ट्रपतिकोमा गएको अध्यादेश त्यही रूपमा जारी भएर राष्ट्रिय सभाको गठन भयो भने पनि भोली संसदले त्यो अध्यादेशलाई अस्वीकार गर्‍यो भने गम्भीर प्रकारको सङ्कटको स्थिति उत्पन्न हुनेछ । त्यसैले हाम्रो पार्टीले राजनीतिक सहमतिका आधारमा नै उक्त विवादलाई समाधान गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । 
उक्त प्रश्नमा कुनै सहमति भएन भने त्यसबाट सम्भावित गम्भीर राजनीतिक स्थिति प्रति पनि हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ । देशमा त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिनका लागि हामीले सबै सम्बन्धित राजनीतिक शक्तिहरूसित अनुरोध गर्दछौँ ।
 
 

चित्रबहादुर के.सी. 
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal