rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



                             
       मिति  २०७४ पौष १ गते
प्रेस वक्तव्य

१. प्रदेश राजधानीको विषयलाई लिएर विभिन्न जिल्लाहरुमा संघर्ष चलिरहेको छ । सरकारले अस्थायी राजधानी तोक्न गृहकार्य गरेको कुरा समाचारमा आएका छन् । त्यसप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । यसबारेमा हाम्रो के स्पष्ट धारणा रह“दै आएको छ भने बेग्लाबेग्लै प्रदेशहरुमा बेग्लाबेग्लै विज्ञहरुको अधिकार सम्पन्न आयोगहरु बनाई ती आयोगहरुको सिफारीसको आधारमा प्रदेशहरुको राजधानी तोक्नु सही हुन्छ । सरकारले त्यस अनुसार काम नगर्दा नै प्रादेशिक राजधानीको प्रश्नलाई लिएर जिल्ला जिल्लाहरुमा अशान्तिको वातावरण बनेको छ र पछि यो लगातार बढ्दै जाने सम्भावना छ । यसप्रति सम्बन्धित सबैलाई जिम्मेवार बन्न हामीले आग्रह गर्दछौं । 
२. हालै सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिको हाम्रो पार्टीले तिव्र विरोध गर्दछ । जनताको आयमा कुनै बृद्धि भएको छैन, तर दैनिक उपभोग्य वस्तुहरु लगायत सबै कुरामा छिटो–छिटो मूल्य बृद्धि हुदै गएको छ । यस्तो अवस्थामा सरकारले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेर जनविरोधी काम गरेको छ । उक्त मूल्य बृद्धि तत्काल फिर्ता लिन हाम्रो पार्टीले माग गर्दछ । 
३. यही पौष १४ गते राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठक बसेको थियो । यो बैठकले निम्न निर्णयहरु गरेको  छ ः
(क) राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन तर्फ ४ र ५ नं. प्रदेशहरुमा १÷१ जना सदस्यहरु जितेको छ । निर्वाचन आयोगले ठेगान गरेको नियम अनुसार प्रदेश नं. ४ मा आदिवासी जनजाति महिला क्लस्टरको १ नं. मा सूचिकृत र प्रदेश नं. ५ मा खस आर्य महिला क्लस्टरको १ नं.मा सूचिकृत उमेदवारलाई नै सिफारीस गर्नु पर्ने व्यवस्था भए अनुसार ४ नंं प्रदेशसभा सदस्यमा पियारी थापा (सुप्रभा), बाग्लुङ र प्रदेश नं. ५ मा तारा जिसी, प्यूठानलाई छनौट गरी निर्वाचन आयोगमा पठाइएको छ । 
(ख) यो बैठकले संघीय संसद, ४ नं. प्रादेशिक सभा र ५ नं. प्रादेशिक सभाका संसदीय समितिहरुको गठन गरेको छ । संघीय संसदको संसदीय समितिको इन्चार्ज चित्रबहादुर के.सी., सदस्यहरुमा रश्मीराज नेपाली र दुर्गा पौडेल हुनुहुन्छ । ४ नं. प्रदेशको संसदीय समितिमा इन्चार्ज शंकर बराल, सदस्यहरुमा कृष्ण अधिकारी, अमर थापा, कृष्ण थापा, टेकबहादुर घर्ती र पियारी थापा (सुप्रभा) हुनुहुन्छ । त्यस्तै ५ नं. प्रदेशको संसदीय समितिमा इन्चार्ज रश्मीराज नेपाली, सदस्यहरुमा बोमबहादुर खत्री र तारा जिसी हुनुहुन्छ । 
(ग) आगामी राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नं. ४ र ५ मा भाग लिने निर्णय भएको छ । उक्त प्रदेशहरुमा अन्य पार्टी वा गठबन्धनसग तालमेल गरेर निर्वाचन लड्ने हाम्रो प्रयास हुनेछ । तालमेल नभएको अवस्थामा पनि हाम्रा उमेदवारहरु खडा गरेर निर्वाचनमा भाग लिने छौं ।  



चित्रबहादुर के.सी. 
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal