rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



   मिति २०७४ फागुन ५  गते

प्रेस वक्तव्य

ने.क.पा. (एमाले)का अध्यक्ष के.पी. ओलीको नेतृत्वमा गठन भएको सरकारलाई हाम्रो पार्टीले बधाई तथा शुभकामना दिन चाहन्छ । यो सरकारमा ने.क.पा. (माओवादी केन्द्र)लाई सहभागी बनाई लैजान हामीले जोड दिन्छौं ।
गत प्रतिनिधिसभा तथा प्रदेश सभाहरुको निर्वाचनमा ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र)को बीचमा वामपक्षीय गठबन्धन र ने.का., मधेशवादी र राजावादीहरुका बीचमा प्रतिक्रियावादी र विखण्डनकारीको गठबन्धन बनेको थियो । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा र वामपक्षीय गठबन्धनका बीचमा बाग्लुङ र प्यूठान जिल्लामा चुनावी तालमेल भएको थियो । अर्घाखा“ची,  गुल्मी र डडेलधुरामा ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र) को अनुरोधमा वामपक्षीय गठबन्धनलाई विजयी बनाउन हामीले समर्थन गरेका थियौं ।
त्यो चुनावमा हाम्रो पार्टीले गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षताको रक्षा र देशको समृद्धिको लागि जोड दिएको थियो । उक्त चुनावमा ने.का सहितको गठबन्धनको विजय भएको भए गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको लागि गम्भीर खतरा हुन्थ्यो । त्यसकारण, ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र)को गठबन्धनले विजय हासिल गर्नु सही भएको छ ।
गत के.पी. ओलीको नेतृत्वको सरकार मुख्यतः के.पी. ओलीले भारतीय नाकाबन्दीको विरुद्ध, राष्ट्रियताको पक्षमा लिएको अडान तथा चीनस“ग गरिएका सम्झौताहरु उल्लेख्य सकारात्मक काम भएका थिए । अहिले उनको नेतृत्वमा गठन भएको सरकारबाट गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता, चीनस“ग भएका सम्झौताको कार्यान्वयन गर्न र राष्ट्रिय समृद्धिका लागि जोड दिने छ भन्ने हामीले आशा गरेका छौं । साथै देशमा संस्थागत हु“दै र भयावह बन्दै गएको भ्रष्टाचारको नियन्त्रण गर्न र जनजीविकालाई सुलभ बनाउन यो सरकारले ध्यान दियोस् भन्ने पनि हामीले चाहन्छौं । 

चित्रबहादुर के.सी. 
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal