rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office
बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



  मिति  २०७४ फागुन १५ गते

प्रेस वक्तव्य
हालैका केही समसामयिक घटनाहरुप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । तिनीहरुबारे आफ्नो धारणा सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ । 
१. कान्तिपुर दैनिकका विरुद्ध सर्वोच्च अदालतको पछिल्लो आदेश कान्तिपुरस“ग मात्र सम्बन्धित छैन । उक्त आदेशले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रता, नागरिकको सूचनाको हक र राजनीतिक दलको विचारको स्वतन्त्रता समेतलाई कुष्ठित पार्दछ । तसर्थ, संविधानको स्पष्ट व्यवस्थाका विरुद्ध रहेको उक्त आदेश तुरुन्त फिर्ता गर्नु पर्दछ ।
प्रधानन्यायधीश गोपाल पराजुलीको नागरिकताको जन्म मिति समेतबारे डा. गोविन्द के.सी. ले प्रश्न उठाउ“दै आएका छन् र तिनको छानवीन समेत हु“दैछ । त्यसबारेमा मिडियाहरुले लेख्ने वा प्रशारण गर्ने गरेका छन् । त्यसबाट आफ्नो बचाउ गर्न उनले त्यसप्रकारको आदेश दिएको देखिन्छ । छानवीनमा रहेका व्यक्तिले मुद्दाको सुनुवाई गर्ने, आफूस“ग सम्बन्धित मुद्दा आफैले निरुपण गर्ने र आफ्नो बचाउको लागि न्यायालयको शक्ति दुरुपायोग गर्ने कुरा न्याय क्षेत्रको सिद्धान्त, मान्यता र प्रचलन समेतका विरुद्ध छ र गलत छ ।
२. संविधानले जेष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । जेष्ठ नागरिक ऐनमा यातायात, स्वास्थ्य लगायतका सेवामा ५० प्रतिशत छुट दिने व्यवस्था छ । एकजना जेष्ठ नागरिकले उक्त सुविधा पाउनु पर्ने भनी सर्वोच्च अदालतमा दिएको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले हालै सरकार र सरोकारवाला अन्य निकायहरुलाई आदेश दिंदै “जेष्ठ नागरिकलाई निर्वाध रुपमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाउनु” भन्ने आदेश दिएको छ । यसबारे कानुन बने पनि त्यस अनुसार जेष्ठ नागरिकलाई सुविधाहरु प्राप्त हुने गरेका छैनन् । हामीले सरकारस“ग उक्त संवैधानिक र कानुनी व्यवस्था व्यवहार मै कार्यान्वयन गराउन प्रभावशाली कदम उठाउन आग्रह गर्दछौं । 
३. सिरियामा लामो समयदेखि गृहयुद्ध चलिरहेको छ । त्यहा“को सरकारलाई रुसले सुरक्षा वा सामरिक रुपले सहयोग गर्दै आएको छ । त्यहा“को विद्रोही फ्रि सिरियाली आर्मीलाई अमेरिकाले गोप्य सहयोग गर्दै आएको छ । यी दुई साम्राज्यवादी देशले सिरियाको गृहयुद्धलाई अरु विध्वंशकारी, हिंसात्मक र अन्त्यहिन आतंककारी गतिविधि गर्न मद्दत पुराइरहेका छन् । हालै दमास्कस नजिकैको गोटा शहरमा सरकार पक्षबाट विद्रोहीमाथि आक्रमणको नाउ“मा निहत्था नागरिकमाथि श्रृखंलावद्ध बम आक्रमण भइरहेकको छ । उक्त वर्वरतापूर्ण बम आक्रमणबाट बालबालिका सहित सयौं सर्वसाधारण जनताको हत्या भएको छ । सयौंको अंगभंग भएको छ । ठूलो मात्रामा भौतिक सम्पत्ति नष्ट भएको छ । उक्त बम आक्रमण, त्यसबाट बालबालिका सहित निहत्था जनताको हत्या र उक्त घटनाको लागि साम्राज्यवादी मुलुकको सहयोगको हामीले घोर विरोध गर्दछौं । त्यहा“ मानवअधिकारको रक्षा गर्न र सरकार तथा विद्रोही दुवै पक्षबाट आतंककारी, वर्वर र आमनरसंहार गर्ने कार्य रोक्न सम्बन्धित सबै पक्षस“ग हामीले विशेष आग्रह गर्दछौं ।


चित्रबहादुर के.सी. 
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal