rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office
बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



  मिति  २०७४  चैत्र २२ गते

प्रेस वक्तव्य

केही समसामयिक विषयहरुमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । तिनीहरुबारे पार्टीको नीति स्पष्ट गर्न यो वक्तव्य जारी गरिएको छ । 
१.  नेपाल र भारतका बीच यसभन्दा अगाडि थुप्रै नेपालको राष्ट्रिय हित विपरीतका असमान सन्धि सम्झौताहरु भएका छन् । तिनीहरुलाई खारेज गर्न र कतिपय सन्धि सम्झौताहरुलाई पुनरावलोकन गर्नु पर्ने आवश्यकता छ । नेपालको राष्ट्रवादी तथा कम्युनिस्ट आन्दोलनमा तिनको खारेज गर्न माग गर्दै ठूला ठूला संघर्षहरु भएका छन् । पछिल्ला दिनमा तिनीहरुको पुनरावलोकन गर्न दुवै पक्ष सहमत भएका पनि थिए । तर, नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा विगतका ती सबै सन्धि सम्झौताहरुलाई कार्यान्वयन गर्न जोड दिने भनिएको छ । त्यसको हामीले विरोध र भत्र्सना गर्दछौं । 
पर्सी चैत्र २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राष्ट्रिय हित विपरीत भएको नेपालको अरुण तेस्रो जलविद्युत परियोजनाको संयुक्त रुपमा दिल्लीबाट सिलन्यास गर्ने कुराको पनि हामीले विरोध र भत्र्सना गर्दछौं । यहा“ हामीले नेपाली जनताले विश्वासका साथ बामपक्षिय गठबन्धनलाई दिएको जनमतको दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौं । यदि त्यसरी नेपाल र नेपाली जनताका विरुद्ध कार्य भए हामी संघर्षमा उत्रन बाध्य हुने कुरा पनि जानकारी गराउ“छौं । 
२. हालै सरकारले केही राष्ट्रिय विदाहरुलाई कटौती गरेको छ । आवश्यकता अनुसार त्यो सही छ । तर, गणतन्त्र दिवस र राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) का सार्वजनिक विदाहरु कटौती गर्नु सही हु“दैन ।  किनकी, दुई शताब्दीभन्दा बढी समयसम्म रहेको निरंकुश प्रतिक्रियावादी राजतन्त्रलाई अन्त्य गरी गणतन्त्रको स्थापना र बाइसे–चौबिसे राज्यमा विभक्त भएको राष्ट्रलाई एकीकरण गरी वर्तमान नेपाल राष्ट्रको निर्माण भएको कुरा नेपालको लागि ऐतिहासिक र राजनीतिक दृष्टिले महत्वपूर्ण घटनाहरु हुन् । वर्तमान अवस्थामा यी दिवसहरु राज्यले नै मनाउन आवश्यक छ ।
३. हालै फेरि पेट्रोलियम पदार्थमा मूल्य समायोजनको नाउ“मा मूल्य बृद्धि गरिएको छ । मूल्यबृद्धि गर्दा लगातार र ठूलो अंकमा गर्ने, कम गर्दा भने थोरै अंकमा गर्ने प्रवृत्तिले अन्ततः मूल्य बृद्धि हु“दै गइ जनता प्रत्यक्ष अप्रत्यक्ष दुवै रुपबाट मारमा परेका छन् । हाम्रो पार्टीले यो मूल्य बृद्धिको विरोध गर्दछ र मूल्य बृद्धि फिर्ता लिन माग गर्दछ । 
                                                       धन्यवाद 
२०७४ चैत्र २२ गते

चित्रबहादुर के.सी. 
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal