rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office
बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



  मिति  २०७५  वैशाख १७ गते

प्रेस वक्तव्य

सर्वाेच्च अदालतले पोखराको फेवातालको अतिक्रमित जग्गालाई हटाई तालको जमिनको संरक्षण गर्न सरकारको नाममा जुन आदेश दिएको छ, त्यसलाई राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ । फेवातालको जग्गा ठूलो पैमानामा दर्ता गराएर वा अबैध प्रकारले अतिक्रमण गरिएको कुराले नेपालको भूमि व्यवस्थामा अत्यन्त गम्भीर स्थितिलाई बताउ“छ । यहा“सम्म कि फेवातालको पानीमुनिको जमीन पनि ठूलो पैमानामा दर्ता गरिएको तथ्य बाहिर आएको छ । हाम्रो पार्टीले सरकारसित सर्वोच्चको उक्त आदेशलाई शीघ्र कार्यान्वयन गर्न अपील गर्दछ । यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि उक्त विषयमा सर्वोच्चमा परेको रिटमा फैसला हुनका लागि आठ वर्षको लामो समय लाग्यो र बारम्बार पेशिको मिति बदल्ने काम गरियो । यो पनि कम गम्भीर कुरा होइन ।
वास्तवमा यो समस्या फेवातालको मात्र होइन । नेपालमा धेरै स्थानहरुमा सार्वजनिक जमिनलाई विभिन्न प्रकारले अतिक्रमण गर्ने गरिएको छ वा कतिपय स्थानहरुमा नाम मात्रको भाडामा विभिन्न व्यक्ति वा कम्पनीहरुलाई दिने गरिएको छ । राष्ट्रिय रुपमा नै यो समस्याको अध्ययन गरेर सरकारी वा सार्वजनिक जग्गा माथि भइरहेको अतिक्रमणलाई हटाउनका लागि पनि हामीले सरकारसित अनुरोध गर्दछौं । यसबारे एउटा उच्चस्तरीय र अधिकार सम्पन्न आयोगको गठन गरेर विभिन्न प्रकारले भइरहेको जमीनमाथिको अतिक्रमण वा कब्जालाई हटाउन प्रभावशाली कदम उठाउन हामीले सरकारको ध्यानआकर्षित गर्न चाहन्छौं ।
ओमनमा बुटवलकी एकजना महिलामाथि ६ जनाले अपहरण र बलात्कार गरी हत्या समेत गर्ने प्रयत्न गरेको समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानआकर्षित भएको छ । उक्त विषयमा शीघ्र छानवीन र कारवाहीलाई अगाडि बढाउन हामीले ओमनको नेपाली राजदुतावास र नेपाल सरकारसित समेत अनुरोध गर्दछौं ।
वास्तवमा यो समस्या ओमनमा बलात्कार गरिएकी एकजना महिलाको भन्दा कैयौं गुणा बढी गम्भीर छ । सरकारले घरेलु कामदारको रुपमा खाडीका मुलुकहरुमा महिलाहरुलाई पठाउने कार्यमाथि प्रतिबन्ध लगाएको छ । तर कैयौं मेनपावर वा दलालहरुले अबैध रुपमा महिलाहरुलाई त्यहा“ पठाउने गर्दछन् । त्यहा“ उनीहरुमाथि विभिन्न प्रकारका अन्याय, अत्याचार र यौन शोषण समेत भएका थुप्रै समाचारहरु समाचार माध्यमहरुमा आइरहन्छन् । महिलाहरुलाई त्यसरी अबैध रुपले खाडीका देशहरुमा पठाउने कार्यलाई रोक्नका लागि स्वयं सरकारले नै बनाएको नियमलाई प्रभावशाली प्रकारले लागू गर्न स्वयं सरकार असमर्थ रहने गरेको कुरा लाखौं महिलाहरु अबैध रुपले खाडीका देशहरुमा पुग्नुको तथ्यले बताउ“छ । सरकारले केही कोशिस गर्ने वित्तिकै कुन मेनपावरहरु त्यस प्रकारको अबैध धन्दामा लागेका छन् ? त्यो पत्ता लगाउन गाह्रो पर्ने छैन । तैपनि सरकारले त्यस प्रकारका मेनपावरहरु बारे छानवीन गर्न र उनीहरुका विरुद्ध प्रभावशाली प्रकारले कारवाही गर्न सकिरहेको छैन । त्यसकारण यसबारे गम्भीर हुनका लागि हामीले सरकारसित माग गर्दछौं ।

दुर्गा पौडेल
उपाध्यक्ष तथा प्रवक्ता

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal