rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office
बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



  मिति  २०७५  जेठ ९ गते
प्रेस वक्तव्य



संसदमा राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सम्बन्धी वक्तव्यमा संशोधनका लागि पहिले समान्यतः ७२ घण्टाको समय दिने गरिन्थ्यो । तर यसपल्ट त्यसका लागि २४ घण्टाको समय पनि दिइएन । त्यसले गर्दा औपचारिक रुपमा वक्तव्यमा संशोधन प्रस्ताव दर्ता गराउनु सम्भव भएन । तैपनि संसदमा छलफलका दौरानमा हाम्रा सुझावहरु प्रस्तुत गरिएको थियो । अहिले यहा वक्तव्यमा संशोधनका लागि तयार पारिएको मूल प्रस्ताव सार्वजनिक जानकारीका लागि जस्ताको तस्तै तल जारी गरिएको छ ।
१. नीति तथा कार्यक्रमको क्र.सं. ३ मा संशोधन
बुदा नं. ३ मा “लोकतन्त्रको रक्षा र सुदृढीकरणमा यो सरकार अडिग रहने छ”मा लोकतन्त्र पछि “समाजवाद उन्मुख राज्य” राखिने छ शब्द थपिने छ ।

२. नीति तथा कार्यक्रमको क्र.सं. २२ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. २२ पछि देहायको कुरा थप गरिएको छः
चिन संगको पारवाहन सन्धीलाई यथासिघ्र कार्यान्वयन गरिने छ ।

३. नीति तथा कार्यक्रमको क्र.सं. ३० मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ३० मा देहायको कुरा राखिएको छः
कुनेै पनि रुपमा विदेशीलाई नेपाली जमीन किन्न रोक लगाइने छ ।

४. नीति तथा कार्यक्रमको क्र.सं. ३१ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ३१ मा देहायको कुरा थप गरिएको छः
देश विकासको आर्थिक मेरुदण्डको रुपमा कृषिलाई प्राथमिकता दिई व्यवसायिकरण, यान्त्रीकरण र आधुनिकीकरण गरिने छ । 
कृषिको उत्पादकत्व वृद्धि गर्नका लागि भूमी व्यवस्थापनमा सुधार गरी हदवन्दी भन्दा वढी जमीन विना मुअव्जा अधिग्रहण गरी भूमीहिन किसानलाई वितरण गरिने छ ।
कृषियोग्य जमीनको प्लटिङ रोक्न कडा कानून वनाई तुरुन्त लागु गरिने छ ।
आधुनिक कृषि उपकरण उत्पादनका लागि कारखाना स्थापना गरिने छ । 
कृषि मलको उत्पादनका लागि कृषि मल उत्पादन कारखाना स्थापना गरिने छ ।

५. नीति तथा कार्यक्रमको क्र.सं. ४० मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ४० पछि देहायको कुरा थप गरिएको छः
जलविद्युत सम्बन्धी सबै असमान सन्धी एवम संझौता (अपर कर्णाली, अरुण तेश्रो योजना) को खारेज गरी स्वदेशी लगानीबाट त्यसको निर्माण गरिने छ ।

६. नीति तथा कार्यक्रमको क्र.सं. ४४ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ४४ को सट्टा देहायको कुरा थप गरिएको छः
सिमेण्ट उद्योगलाई क्रमशः निर्यातमूलक उद्योगको रुपमा विकास गरिने छ । पछि थप्ने गिट्टी, वालुवा, रोडा अनियन्त्रित उत्खनन् र निकासीलाई रोक लगाइने छ ।
मानव वस्ती, पर्यावरण, कृषि, सिचाई तथा पानीका मुहानमा पर्ने असरलाई न्यून गर्न चुन ढुङ्गा उत्खनन् गर्ने कार्यमा रोक लगाइने छ ।

७. नीति तथा कार्यक्रमको क्र.सं. ४५ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ४५ पछि देहायको कुरा थप गरिएको छः
नेपालको राष्ट्रिय हित, राष्ट्रिय उद्योग र मजदुरहरुको ट्रेड यूनियन अधिकारमा प्रतिकूल असर पर्ने गर्ने विदेशी पूँजीलाई नेपालमा काम गर्न दिइने छैन ।
सार्वजनिक क्षेत्रमा उद्योगको विकासका लागि विशेष प्रयत्न गरिने छ ।
मजदुरको ट्रेड युनियन अधिकारलाई सुनिश्चित गरिने छ ।
मजदुरको हक हितसंग वाझिने कानूनको खारेजी गरी उनीहरुको हकहित सुरक्षित गर्ने कानून वनाइने छ ।

८. नीति तथा कार्यक्रमको क्र.सं. ४६ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ४६ पछि देहायको कुरा थप गरिएको छः
राष्ट्रिय उद्योगहरुलाई संरक्षण गरी तिनीहरुको प्रतिस्पर्धा गर्ने क्षमतामा वृद्धि गरिने छ ।
वन्द र रुग्ण उद्योगलाई राष्ट्रियकरण गरी तिनको सञ्चालन राज्यले गर्ने छ ।

९.नीति तथा कार्यक्रमको क्र.सं. ४७ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ४७ पछि देहायको कुरा थप गरिएको छः
संभावित क्षेत्रमा ग्यास र पेट्रोल खानीको अन्वेषण गरी उत्पादन गर्ने कार्यलाई प्राथमिकतासाथ अगाडि वढाइने छ ।

१०. नीति तथा कार्यक्रमको क्र.सं. ५८ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ५८ पछि देहायको कुरा थप गरिएको छ ः
पर्यटनलाई उद्योगको रुपमा विकास गरिने छ ।
ग्रामिण पर्यटन विकासमा विशेष ध्यान दिइने छ ।
पर्यटकीय पैदलमार्गको विकास गरिने छ ।

११. नीति तथा कार्यक्रमको क्र.सं. ६० मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ६० पछि देहायको कुरा थप गरिएको छः
ऐतिहासिक, सांस्कृतिक महत्वका स्थानहरुलाई कुनै पनि प्रकारले व्यक्तिगत प्रयोग गर्ने कार्यलाई पूर्णरुपमा रोक लगाइने छ ।
पुरातात्विक स्थानको आवश्यकता अनुसार उत्खनन् गरिने छ ।
नेपालका विभिन्न ऐतिहासिक स्थान, चाड, पर्व आदीको मानव शास्त्रीय अध्ययनगरी तिनीहरुको महत्वलाई दर्शाउने काम गरिनेछ 

१२. नीति तथा कार्यक्रमको क्र.सं. ६७ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ६७ पछि देहायको कुरा थप गरिएको छः
सामुदायिक विद्यालयको स्तर उन्नती र शिक्षाको गुणस्तर बढाइने छ ।
माध्यमिक तहसम्मको शिक्षा निशुल्कः र अनिवार्य हुने छ ।
स्थानीय निकाय सवल र सक्षम नभए सम्म स्थानीय तहको नपुग भएको शिक्षाको खर्च केन्द्रले व्यहोर्ने छ ।

१३.  नीति तथा कार्यक्रमको क्र.सं. ७२ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ७२ पछि देहायको कुरा थप गरिएको छः
स्थानीय अस्पतालमा जेष्ठ नागरिकलाई विशेष सुविधा दिइने छ ।
नीजि अस्पतालमा पनि जेष्ठ नागरिक सुविधा अनिवार्य गरिने छ ।

१४.  नीति तथा कार्यक्रमको क्र.सं. ७५ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ७५ पछि देहायको कुरा थप गरिएको छः
विपन्न परिवारका व्यक्तिहरुलाई राज्यले निशुल्कः स्वास्थ्य विमा सेवा उपलव्ध गराउने छ ।

१५.  नीति तथा कार्यक्रमको क्र.सं. ८२ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ८२ पछि देहायको कुरा थप गरिएको छः
महिला हिंसाका मुद्दा छिटो छरितो (फास्टट्रयाक बाट) न्याय सम्पादनका लागि पारिवारिक अदालतको स्थापना गरिने छ ।
वलात्कृत महिलाको सुरक्षा र जीविकोपार्जनका लागि राज्यले व्यवस्था गर्ने छ ।
विपन्न नागरिक र फरक क्षमता भएका नागरिकलाई सामाजिक सुरक्षा दिइने छ ।
जेष्ठनागरिकको हकहितका लागि वनाइएका कानूनहरुको कडाईका साथ कार्यान्वयन गरिने छ ।
बालबालिकाको हकहित र सुविधाका लागि आवश्यक कानूनको निर्माण गरि कार्यान्वयन गरिने छ ।

१६.  नीति तथा कार्यक्रमको क्र.सं. ८७ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ८७ पछि देहायको कुरा थप गरिएको छः
अदालतमा न्यायाधिशको नियुक्ति गर्दा राजनैतिक भाग वण्डा गर्ने प्रचलनलाई वन्द गरिने छ ।
भ्रष्टाचारलाई न्यूनिकरण गर्न न्यायाधिशको सम्पत्तिको विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था गरिने छ । 

१७.  नीति तथा कार्यक्रमको क्र.सं. ९८ मा संशोधन
नीति तथा कार्यक्रमको क्र.सं. ९८ पछि देहायको कुरा थप गरिएको छः
वैदेशिक रोजगारमा रहेका कामदारहरुको लागि अन्तराष्ट्रिय कानून अनुसार हक हितको सुविधा र संरक्षण गर्न सरकारले पहल गर्ने छ ।
विदेशमा रहेका मतदातालाई सोही स्थानमा मताधिकारको प्रयोगको सुनिश्चिता गरिने छ ।

मिति २०७५ जेष्ठ ९ गते

दुर्गा पौडेल
उपाध्यक्ष, प्रवक्ता तथा सांसद

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal