rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office
बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



  मिति  २०७५  जेठ १९ गते
प्रेस वक्तव्य

पाल्पाको रामपुरमा रहेको अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गर्न तानसेनबाट हिडेका लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरु यात्रारत रहेको लु १ ख ९७५ नम्बरको बस रम्भागाउ“पालिका ४ हुमिन पाल्पामा यही जेष्ठ १८ गते दुर्घटना ग्रस्त हु“दा १५ जनाको निधन र १० जना घाइने भएको घटनाबाट राष्ट्रिय जनमोर्चा स्तब्ध र मर्माहत भएको छ । सर्वप्रथम त हामी उक्त बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली मृतकका परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारजनलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको समूचित व्यवस्था मिलाउन सरकारस“ग माग गर्दछौं ।
नेपालमा पछिल्लो समयमा सडक दुर्घटनाहरु बढ्दै गएको देखिन्छ । सरकारी तथ्यांकले नै बर्सेनी सडक दुर्घटनामा औसत २ हजारजनाको ज्यान गएको देखाउ“छ । यस्ता कहालीलाग्दा सडक दुर्घटनाहरु बारम्बार किन दोहरिइरहेका छन् ? भूगोल तथा सडकको दुरावस्ता र चालकको लापरवाहीका कारण यस खालका दुर्घटनाहरु हुने गरेको बताइन्छ । तर यातायात कानून र सवारी नियमहरुको कडाइपूर्वक पालना गराउने र दुरावस्थाका सडकहरुको उचित मर्मत सम्हार गर्ने तर्फ सरकारको ध्यान त्यति पुगेको देखिंदैन र नै यस खालका दुर्घटनाका दुःखद घटना बढ्दै गएका हुन् । सडकको अवस्था हेर्ने सडक विभाग, गाडिको अवस्था हेर्ने ट्राफिक र यातायात व्यवस्था कार्यालयबीच उचित समन्वय भएको देखिंदैन । जसका कारण पनि यस प्रकारका दुर्घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । सडकहरुको दुरावस्थामा सुधार ल्याउन र यातायात सम्बन्धी कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न हामी सरकारस“ग जोडदार माग गर्दछौं ।

२०७५ जेष्ठ १९ गते 
दुर्गा पौडेल
उपाध्यक्ष एवं प्रवक्ता
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal