rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=प= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७५ जेष्ठ २१ गते

प्रेस वक्तव्य
नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्व) सग सम्बन्धित जनपरिषद् नेपालको प्यूठान जिल्ला समितिले राष्ट्रिय जनमोर्चाका झिमरुक गाउ“पालिकाका निर्वाचित अध्यक्ष तिलक जि.सी. र मल्लरानी गाउ“पालिकाका निर्वाचित अध्यक्ष अमरध्वज रानालाई यही जेठ ७ गते लेखिएका बेग्ला–बेग्लै पत्रहरु झिमरुक गाउ“पालिकामा यही जेठ १९ गते र मल्लरानी गाउ“पालिकामा यही जेठ २० गते पठाई आफ्नो पदबाट राजीनामा दिन भनेको छ । यदि राजीनामा नदिए जनकारबाही गर्ने चेतावनी समेत दिएको छ । यसप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपमा आकर्षण भएको छ । 
पत्रहरुमा तपाई पनि दलाल सत्ताको कथित प्रतिनिधि पठाइएको हु“दा तपाईको राजीनामा माग गर्दछौं भनिएको छ । राष्ट्रिय जनमोर्चाका निर्वाचित प्रतिनिधिप्रतिको यसप्रकारको भनाइलाई हामीले गलत मान्दछौं र त्यसको तीव्र विरोध र भत्र्सना गर्दछौं । हाम्रा कुनै पनि प्रतिनिधिका विरुद्धको त्यस प्रकारका चेतावनीलाई तुरुन्त फिर्ता गर्न चेतावनी दिन चाहन्छौं । यदि त्यसप्रकारले कुनै कारबाही गरिएमा त्यसको कडा प्रतिरोध गरिने जानकारी पनि गराउछौं ।
हामीले संघीय शासन प्रणालीको विरोध गर्दै त्यसको विरुद्ध संघर्ष गरिरहेका छौं । संघीय प्रणालीको प्रधानपक्ष संघीय संरचना अर्थात् प्रदेश संरचना हो । त्यसको खारेज गर्न माग गर्दै आएका छौं । त्यसको स्थानमा व्यापक प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक प्रणाली कायम गर्न भनेका छौं । स्थानीय तहलाई अरु बढी अधिकार सम्पन्न र सुदृढ बनाउन जोड दिएका छौं । त्यसकारण नेकपाको स्थानीय तहका जनप्रतिनिधिहरुलाई खारेज गर्ने कुराप्रति हाम्रो गम्भीर असहमति छ । उनीहरुप्रति गरिने कुनै पनि प्रकारको जोरजवरजस्ती वा बलप्रयोगको कारबाही हामीलाई सह्य हुने छैन । हाम्रो पार्टीले विगतमा पनि सबै प्रतिक्रियावादी र विभिन्न प्रकारका दक्षिणपन्थी वा उग्रवामपन्थी, अवसरवादीहरुका त्यसप्रकारका नीति, दमन, हत्या, गुण्डागर्दी, आतंक तथा जोरजवरजस्तीपूर्ण कार्यको विरुद्ध सम्झौताहीन संघर्ष गर्दै आएको छ । नेकपास“ग सम्बन्धित जनपरिषद्को धम्कीको विरुद्ध पनि दृढतापूर्वक सामना गरिने छ ।  
उपरोक्त प्रतिनिधिहरुस“ग उक्त पत्र पठाएपछि आर्थिक सहयोगको माग गरिएको छ । स्थानीय तहको रकम स्थानीय तहका जनता र त्यहा“को विकास निर्माणको रकम हो । पहिला माओवादीहरुले पनि यसरी धम्की दिंदै जनताबाट ठूलो रकम असुली गर्ने गरेका थिए । यदि उनीहरुले पैसा नदिएमा उनीहरुको हत्या समेत गर्दथे । उनीहरुको त्यसप्रकारको कार्यको हामीले उनीहरुलाई ‘न खुराकी न सुराकी’को नीति अपनाएका थियौं । हाम्रो त्यसप्रकारको पृष्ठभूमिको आधारमा हामीले जनताको पैसालाई धम्कीको भरमा उनीहरुलाई दिने छैनौं । यसको साथै हामीहरुबीच बहुपक्षीय रुपमा सहमत भएका विषयमा कार्यगत एकता र संयुक्त कार्यक्रम गर्दै आएका थियौं । उनीहरुको यसप्रकारको व्यवहार भएसम्म हामीले त्यो कार्यगत एकता र संयुक्त कार्यक्रम पनि स“गै नगर्ने निर्णय गरेका छौं । तर सदा झैं राज्य आतंक वा नेकपाका शान्तिपूर्ण कार्यक्रममा सरकारको हस्तक्षेप, दमन, तिनका नेता–कार्यकर्ताको गिरफ्तारी वा वारेन्ट जारी गर्ने कार्यको विरोध गर्ने नीति कायमै छ साथै नेकपाले अपनाउने आतंकपूर्ण नीति र कार्यको पनि विरोध गर्दछौं । नेकपाले त्यसप्रकारका कार्यलाई तुरुन्त बन्द गर्न अनुरोध गर्दछौं । 

चित्रबहादुर के.सी. 
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal