rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=प= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७५ असार  १९  गते

प्रेस वक्तव्य
नेपालमा हालै आएको वर्षा, बाढी र पहिरोबाट पहाड र तराईमा समेत ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । हाम्रो पार्टीले उक्त बाढी पहिरोबाट निधन भएका सबै व्यक्तिहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका परिवारजनप्रति समवेदना प्रकट गर्दछ । 
वर्षा मौसम बढ्नुका साथै त्यस प्रकारको बाढी पहिरोबाट अरु धेरै जनधनको क्षति पुग्ने सम्भावनाप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ । त्यसकारण त्यस प्रकारको क्षतिग्रस्त स्थानहरुमा तुरुन्त उद्धार तथा राहतको व्यवस्था गर्न हामीले सरकार, प्रशासन र सबै तहका स्थानीय निकायहरुसित माग गर्दछौं । साथै त्यस प्रकारको प्रकोप वा विपत्तिका लागि पूर्व सतर्कता अपनाउन र त्यस प्रकारको व्यवस्था गर्न पनि माग गर्दछौं ।
गत वर्षहरुमा भूकम्प, बाढी, पहिरो वा आगलागीबाट भएको जनधनको क्षतिमा हाम्रो पार्टीले पनि देशका विभिन्न भागहरुमा पीडित जनतालाई राहत वितरण गरेको थियो । हामीलाई यो बताउ“दा खुसी लाग्दछ कि त्यतिबेला देशभित्र र भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुले ठूलो मात्रामा सहयोग पु¥याउनु भएको थियो । त्यसरी हामीले गत वर्षहरुहरुमा करिब रु. ८१ लाख बराबरको राहत वितरण गरेका थियौं । हामीले छिटै त्यसबारे पुस्तिका प्रकाशित गरेर त्यो हिसाबको विवरण सार्वजनिक गर्ने योजना बनाएका छौं । 
आगामी वर्षा मौसममा बाढी वा पहिरोबाट पुग्ने क्षतिको लागि राहत वितरण गर्नका लागि पनि हामीले देशभित्र, प्रवास वा विदेशमा भएका सबै नेपालीहरुसित सहायता संकलन गरी शीघ्र हाम्रो पार्टीको कार्यालयमा पठाउन अनुरोध गर्दछौं । वर्षा बढ्नुका साथै त्यसरी जनधनको धेरै नै क्षति पुग्ने सम्भावना छ । त्यसरी देशभित्र वा बाहिरका विभिन्न स्थानहरुबाट आउने सहायताबाट बाढी र पहिरोबाट पीडित जनतालाई केही सहायता पुग्यो भने पनि त्यो खुसीको कुरा हुनेछ । हामीले उक्त रकमको संकलनका लागि बेग्लै विपद व्यवस्थापन कोषको निर्माण गरेका छौं । उक्त कोषमा सिधै र शीघ्र बढीभन्दा बढी सहयोग रकम पठाउन हामीले सबै सुभेच्छुकहरुसित अपील गर्दछौं ।
चित्रबहादुर के.सी. 
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal