rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ असार ३० गते

प्रेस वक्तव्य

भक्तपुर सहित देशका कतिपय भागहरूमा बाढी र पहिरो समेतले पुर्‍याएको जनधनको क्षति प्रति राष्ट्रिय जनमोर्चाले गम्भीर दुःख प्रकट गर्दै निधन भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दछ । त्यसका साथै मृतकका परिवारहरूप्रति समवेदना प्रकट गर्दछ । हामीले सरकारसित बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति सरकारको ध्यान आकर्षित गर्दै बाढी र पहिरोद्वारा पीडित जनतालाई शीघ्र राहत वितरणको व्यवस्था गर्न अपील गर्दछौँ ।
हाम्रो पार्टीले बाढी वा आगलागी आदिबाट पीडित जनतालाई पहिलेदेखि नै सम्भव भएजति राहत वितरण गर्दै आएको छ । त्यस सिलसिलामा गत वर्षहरूमा हाम्रो पार्टीले करिब रु. ८१ लाखको सहायता गरेको कुरा हाम्रो पार्टीकातर्फबाट पहिले नै जानकारी दिने काम भइसकेको छ । हाम्रा पार्टीका अध्यक्ष का. चित्रबहादुर के.सी.ले विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरूबाट पीडित हुने जनतालाई सहायताका लागि आवश्यक रकम सङ्कलन गरेर केन्द्रमा पठाउनका लागि पहिले नै अपील गरिसक्नु भएको छ । त्यस अनुसार केन्द्रमा छिटोभन्दा छिटो बढीभन्दा बढी रकम पठाउनका लागि हामीले देश वा विदेशका सबै जनता र सुभेच्छुकहरूसित समेत अपील गर्दछौँ ।

दुर्गा पौडेल
उपाध्यक्ष एवं प्रवक्ता
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal