rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ साउन ७  गते

प्रेस वक्तव्य

कपिलवस्तुका कैयौं गाउहरु सिमाक्षेत्रमा भारतले बनाएका बाधहरुका कारणले डुबानमा परेका छन् । अन्तर्राष्ट्रिय कानून अनुसार कुनै पनि देशले सिमाको १२ किमी भित्र कुनै बाध बनाउन पाइदैन । तर भारतले त्यो अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको छ । यो नया समस्या होइन । २०÷२५ वर्ष देखि नै वर्षाको याममा नेपाल पट्टिका खेतहरु डुबानमा पर्ने गर्दछन् ।
कपिलवस्तुमा मात्र होइन, नेपालका सिमावर्ती क्षेत्रका धेरै खेतहरु डुवानमा पर्ने गर्दछन् । भारतले हिउ“दमा ती बाधहरुका ढोका खोलिदिन्छ र वर्षामा ढोका बन्द गरिदिन्छ । त्यो समस्याप्रति नेपाल सरकारले आवश्यक ध्यान दिन सकेको छैन । त्यसकारण राष्ट्रिय जनमोर्चाले कुटनीतिक स्तरमा भारतसित वार्ता गरेर उक्त समस्याको समाधानका लागि प्रभावशाली कदम उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।
बंगलादेशमा मेडिकल साइन्स पढ्ने छात्राहरु प्रति कानून तथा न्यायमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिन्छौ“ । यसले बङ्गलादेशमा पढ्ने छात्राहरु माथि मात्र होइन, सम्पूर्ण नेपाली महिलाको अस्मितामा आ“च पुगेको छ । त्यस प्रकारको अभिव्यक्ति दिने मन्त्रीप्रति काडा कारवाही गर्नको लागि राष्ट्रिय जनमोर्चाले सरकारसित माग गर्दछ ।


दुर्गा पौडेल
उपाध्यक्ष र प्रवक्ता  
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal