rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ असोज ९ गते

प्रेस वक्तव्य

हालै सार्वजनिक यातायातको भाडामा १० प्रतिशतले बृद्धि गरिएको प्रति राष्ट्रिय जनमोर्चाको गम्भीर रूपमा ध्यान आकर्षित भएको छ । सरकारले यातायात क्षेत्रमा रहेको सिण्डीकेट अन्त्य गर्ने घोषणा गरिरहेका बेला सार्वजनिक यातायातमा अहिले गरिएको भाडा बृद्धिले सरकारको सम्झौतापरस्ता नीतिलाई प्रष्ट पारेको छ । दशैं तिहार जस्तो चाडबाडको बेला यात्रुहरूलाई गम्भीर असर पर्ने गरी गरिएको भाडा बृद्धिलाई तुरुन्त फिर्ता लिन राष्ट्रिय जनमोर्चा माग गर्दछ ।

यो कुनै छिपेको तथ्य होइन कि सरकार र यातायात व्यवसायीका बीचमा भएको सम्झौतापछि नै सार्वजनिक यातायातमा यसरी भाडा बृद्धि गरिएको छ । सरकारले यस अघि पेट्रोलियम पदार्थमा पटकपटक मूल्यबृद्धि गर्दै आएको थियो । दशै तिहार जस्ता चाडपर्वहरू हिन्दु नेपालीहरूले निकै धुमधामका साथ मनाउने गर्छन् र यस्तो बेला सर्वाधिक मानिसहरू सार्वजनिक यातायातमा ओहरदोहर गर्दछन् । यस्तो बेलामा गरिएको यातायात क्षेत्रमा भाडा बृद्धिले सर्वसाधारण जनताको जीवनमा गम्भीर असर पर्ने निश्चित छ । सरकारको यातायात क्षेत्रमा सिण्डीकेट अन्त्यको घोषणा एक सकारात्मक कार्य थियो । तर अहिले यातायात व्यवसायीस“ग सम्झौता गरेर यातायातमा १० प्रतिशतले भाडा बृद्धि गर्न दिनुले सरकारको सम्झौतापरस्त नीतिलाई नै उजागर गरेको छ । यसरी पछिल्लो समयमा सरकारले अपनाउदै गएको सम्झौतापरस्त नीति र गलत कार्यशैलीले ऊ जनघाती मार्गतर्फ उन्मुख हुंदै गएको नै प्रष्ट पार्दछ । हाम्रो पार्टी सरकारले अपनाइरहेको गलत कार्यशैली र सम्झौतापरस्त चरित्रमा व्यापक सुधार ल्याउनुपर्ने आवश्यकतामा पनि जोड दिन्छ ।

दुर्गा पौडेल
उपाध्यक्ष तथा प्रवक्ता

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal