rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ असोज १६ गते

प्रेस वक्तव्य
बारा अदालतले एउटी सात वर्षिया बालिकाको बलात्कार र हत्याको मुद्दामा दर्ता भएको दिनमै फास्ट ट्रयाकद्वारा सुनवाई गरी फैसला गरेको कार्य वास्तवमा अत्यन्त महत्वपूर्ण कार्य थियो र त्यसलाई हामीले स्वागत गर्दछौं । त्यसरी नै काठमाण्डौं अदालतले पनि पहलकदमी गरेको कुरा थाहा भएको छ । हामीले आशा गर्दछौं, देशभरि नै महिलामाथि हुने बलात्कार र हिंसाका मुद्दाहरुमा त्यही प्रकारले फास्ट ट्रयाकद्वारा मुद्दाहरु फैसला गरेर पीडितलाई न्याय दिलाउने काम गरिनेछ । त्यसो भएमा त्यसप्रकारका अपराधहरुमा पनि कमी आउने सक्ने छ भन्ने हामीले आशा गर्दछौं ।
महाधिवक्ताको कार्यालयले पनि सबै सरकारी वकिलहरुको कार्यालयलाई महिलामाथि हुने बलात्कार र हिंसाका मुद्दाहरु फास्ट ट्रयाकबाट टुब्ग्याउन निर्देशन दिएको समाचार सञ्चार माध्यमहरुद्वारा बाहिर आएको छ । सर्वोच्च अदालतले त्यसबारे पहिले नै फैसला गरेको छ । त्यो फैसलालाई व्यवहारिक रुप दिन हामीले सरकार र अदालतसित समेत अनुरोध गर्दछौं । हाम्रो अखिल नेपाल महिला संघले करिब दुई दशकदेखि नै महिलामाथि हुने सबै प्रकारका हिंसाका विरुद्ध शीघ्र कारवाही गर्न पारिवारिक अदालतको माग गर्दै आएको छ र अहिले पनि हाम्रो त्यो माग कायम छ । अहिले अभ्यास हुन थालेको फास्ट ट्रयाकको प्रणालीलाई प्रभावशाली प्रकारले लागू गरेर पारिवारिक अदालतको काममा केही न केही मद्दत पुग्ने छ भन्ने आशा गर्न सकिन्छ ।
त्यस सन्दर्भमा निर्मला पन्तको हत्या र बलात्कारको प्रश्नलाई पनि नउठाइकन रहन सकिन्न । त्यो घटना भएको यति लामो समय बितिसक्दा पनि दोषिलाई पत्ता लगाउने काम हुन सकेको छैन । अपराधका अगाडि सरकार निरिह वा लाचार जस्तो देखिएको छ । त्यो घटनाबारे प्रभावशाली प्रकारले कारवाही गर्न र अपराधीलाई पत्ता लगाएर दण्ड सजाय गर्न हामीले सरकारसित माग गर्दछौं । वास्तवमा आज सम्पूर्ण देश नै बालिका र महिलाहरुको बलत्कार र हत्यामय भएको छ । यो सामान्य कुरा होइन, यसबारे गम्भिर हुन पनि हामीले सरकारको ध्यान आकर्षित गराउन चाहन्छौं ।
दुर्गा पौडेल
उपाध्यक्ष एवं प्रवक्ता
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal