rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ कार्तिक १६ गते

प्रेस वक्तव्य
नवलपरासी (पश्चिम), बर्दघाट–१, माकर पुनर्वास बस्ने शिवबहादुर रोका यही कार्तिक ७ गते दाङको भालुवाङ बजार नजिक राप्ती नदीको किनारमा मृत अवस्थामा फेलापर्नु भयो । शिवबहादुर रोका राष्ट्रिय जनमोर्चा नवलपरासी (पश्चिम) जिल्लाको सदस्य, वर्दघाट नगरपालिका नगर समितिको उपाध्यक्ष, अखिल नेपाल युवक संघको राष्ट्रिय परिषद् सदस्य र नवलपरासी (पश्चिम)को जिल्ला सचिव हुनुहुन्थ्यो । उहा“ पार्टीको कर्मठ कार्यकर्ता हुनुहुन्थ्यो । उहा“को मृत्युले पार्टीलाई ठूलो क्षति पुगेको छ । शिवबहादुर रोकाप्रति राष्ट्रिय जनमोर्चाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहा“को शोकसन्तप्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
शिवबहादुर रोका २०३५ सालमा झिमरुक गाउ“पालिका वार्ड नं. २, वादीकोटमा जन्मनुभएको थियो । पछि उहा“ नवलपरासीको बर्दघाटमा बसाई सर्नु भयो र त्यही राष्ट्रिय जनमोर्चा र यसस“ग सम्बद्ध मोर्चाहरुमा रहेर काम गर्नु भएको थियो । गत प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा उहा“ राष्ट्रिय जनमोर्चाको तर्फबाट चुनाव पनि लड्नु भएको थियो । उहा“को १ श्रीमती र २ जना छोराहरु छन् ।
शिव बहादुर रोकाको मृत्यु रहस्यमय तरिकाबाट भएको छ । कार्तिक ५ गते बर्दघाट आफ्नो घरबाट बिहान ५ बजे हिंड्नु भएको थियो । तर जाने ठाउ“ बताउनु भएको थिएन । कामको सिलसिलामा पहिले पनि १–२ दिन बाहिर बस्ने भएकाले घरबाट चाडै खोजी भएन । कार्तिक ७ गते भालुवाङ स्थिति राप्ती नदीको तटबन्ध गरेको पर्खालमा लगाएको जालीमा झुण्डिएको अवस्थामा भालुवाङ प्रहरी चौकीका प्रहरीले शिवबहादुरको शव भेटेका थिए । कार्तिक १४ गते मात्र आफन्तले शिवबहादुरको दाहसस्कार गरेका थिए । प्रहरीका अनुसार शव आफ्नै पाइन्टमा झुण्डिएको छ, घा“टीमा निलडाम छ, तर शवले भु“ई छोएको छ, टाउको र घु“डामा चोट पनि छ । त्यसले शिवबहादुरको मृत्यु थप रहस्यमय भएको छ । शवको टिचिङ अस्पताल काठमाडौंमा पोष्टमार्टम भएको छ । त्यसको रिपोर्ट आएपछि नै कसरी मृत्यु भएको हो भनि भन्न सकिने भालुवाङ प्रहरी चौकीका इन्चार्जले बताउनु भएको छ । देशमा हत्या, हिंसा अत्यन्त बढेर गएको छ । शिवबहादुर पनि त्यसप्रकारको हिंसामा परेको हुनसक्ने बढी सम्भावना छ । हामीले सरकार र प्रहरी प्रशासनलाई त्यसबारे राम्रो छानवीन गर्न जोडदार माग गर्दछौं । 

चित्रबहादुर के.सी.
अध्यक्ष


Attachments area
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal