rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ मङ्सिर ७ गते

प्रेस वक्तव्य

डडेलधुरामा हिजो भएको बस दुर्घटना र त्यसमा १८ जना यात्रुहरुको मृत्यु तथा ठूलो सङ्ख्यामा मानिसहरू घाइते समेत भएको समाचार प्रति राष्ट्रिय जनमोर्चा स्तब्ध भएको छ । हाम्रो पार्टीले सबै मृतक व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ । यसका साथै सबै घाइतेहरूको समुचित उपचारका लागि पनि सरकारसित माग गर्दछ ।
प्राप्त जानकारी अनुसार गाडिमा त्यसको क्षमताभन्दा बढी यात्रुहरू राखेकाले र तीव्र गतिका कारणले त्यो दुःखद घटना हुन गएको थियो । यो अहिलेको मात्र होइन, बारम्बारको समस्या हो । त्यसकारण यातायातमा नियम अनुसार गाडिहरूको सञ्चालनमा प्रहरी र प्रशासन कमजोर भएका कारणले नै बारम्बार त्यस प्रकारका घटना हुने गरेका छन् । त्यसकारण यो समस्याको स्थायी समाधानका लागि विशेष ध्यान दिन हाम्रो पार्टीले सरकारसित माग गर्दछ । 
तराईका कतिपय जिल्लाहरूमा उँखुको भुक्तानी नपाएर किसानहरू गम्भीर रूपले पीडित भएको समस्याप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । लामो समयदेखि सरकारले ताकेता गर्दा पनि चिनी मिलका मालिकहरूद्वारा किसानहरूले आफ्नो भुक्तानी पाएका छैनन् । त्यसले गर्दा उँखुको नयाँ बालीबाट हुने उत्पादनलाई के गर्ने भन्ने विषयमा किसानहरूमा गम्भीर अन्यौल र समस्या उत्पन्न भएको छ । त्यसले गर्दा किसानहरू उँखु खेतीको बेलामा लिएको ऋण तिर्न नसक्ने तथा उनीहरूको घरवास नै हुने गम्भीर समस्या देखापरेको छ । किसानहरूको त्यस प्रकारको समस्याको समाधानका लागि हामीले सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौँ ।
हाम्रो यो माग छ कि उँखु किसानहरूले चिनीमिलका मालिकहरूबाट समयमा नै भुक्तानी नभएमा वा उनीहरूले आफ्नो उत्पादन बेच्न नसक्ने स्थिति उत्पन्न भएमा त्यसको जिम्मा सरकारले नै लिनु पर्दछ । चिनी मिलका मालिकहरूबाट किसानहरूलाई भुक्तानीको लागि आवश्यक कारवाही चलाउँदै वा आवश्यकतानुसार उनीहरूमाथि कारवाही गर्ने गरी किसानहरूलाई तुरुन्त राहत दिने वा उखुको मुल्य चुक्ता गर्ने सरकारको जिम्मेवारी हुनुपर्दछ । सरकारले जिम्मेवारी नलिएमा उँखु किसानहरू ठूलो सङ्कटमा पर्ने र त्यो कारणले उखु किसानहरू मात्र होइन, सबै क्षेत्रका उत्पादनमा गम्भीर आँच पुग्ने सम्भावना रहने छ ।

दुर्गा पौडेल
उपाध्यक्ष, प्रवक्ता तथा सांसद
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal