rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ मङ्सिर २६ गते

प्रेस वक्तव्य
राष्ट्रिय जनमोर्चा, चितवन जिल्ला समितिका वर्तमान सल्लाहकार श्री श्रीराम घिमिरेको हिजो २०७५ मंसीर २५ गते बिहान ४ बजे ८६ वर्षको उमेरमा निधन भएको छ । उहा“को वि.सं. २०९० साल चैत्र १५ गते लमजुङमा जन्म भएको थियो । उहा“ २०१६ साल अघि नेपाल प्रजापरिषद्मा हुनुहुन्थ्यो । २०१६ सालमा तराईमा झरेपछि केन्द्रीय न्यूक्लस, ने.क.पा. (मसाल), राष्ट्रिय जनमोर्चा मार्फत् नेपालको बामपन्थी आन्दोलनमा सक्रिय हुनुभयो । तराईमा बसाई सराई गरेपछि उहा नवलपरासी, पर्सा र चितवनमा बस्नु भयो । उहा“ जहा“ रहे पनि पार्टी, राजनीति, सामाजिक तथा न्यायपूर्ण आन्दोलनमा जीवनभर लाग्नु भयो । चितवनमा दलितहरुको मन्दिर प्रवेश गर्ने आन्दोलनमा सरिक भएको बेला पुलिसको निर्घात पिटाईमा पर्नु भयो र गिरफ्तार हुनु भयो । उहा“ राष्ट्रिय जनमोर्चा चितवन जिल्लाको सदस्यमा रहेर काम गर्नुभएको थियो । उहा अखिल नेपाल किसान संघको केन्द्रीय सदस्य भएर पनि काम गर्नुभयो । उहाको स्वास्थ अवस्था कमजोर बन्दै गएपछि राष्ट्रिय जनमोर्चा चितवनको सल्लाहकारमा रहेर काम गरिरहनु भएको थियो । उहा पुरानो, कर्मठ र सधैं सक्रिय रहने राजनीतिक कार्यकर्ता हुनुहुन्थ्यो । देशमा कम्युनिस्ट आन्दोलनमा आएका विभिन्न भड्काव, उतार–चढावका विरुद्ध संघर्षगर्दै सधैं पार्टीका सिद्धान्त, नीति, निर्णयप्रति इमान्दारिपूर्वक लाग्नु भयो । उहा“को निधनले पार्टीलाई धेरै क्षति पुगेको छ । राष्ट्रिय जनमोर्चाले उहा“को योगदानप्रति सम्मान गर्दछ । साथै उहाको निधनप्रति गहिरो दुःख प्रकट गर्दै उहाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । उहा“का शोकसन्तप्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 

चित्रबहादुर के.सी.
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal