rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ मङ्सिर २८ गते

प्रेस वक्तव्य

गण्डकी प्रदेश सांसद तथा राष्ट्रिय जनमोर्चा बाग्लुङ जिल्ला समितिका पूर्व सदस्य श्री टेकबहादुर घर्तीको ४७ वर्षको उमेरमा भारत, नया“ दिल्लीको एपोलो अस्पतालमा २०७५ मंसीर २७ गते दिनको १ बजे निधन भएको छ । राष्ट्रिय जनमोर्चाले उहा“प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र उहा“को शोकसन्तप्त परिवार एवं आफन्तजनप्रति समवेदना प्रकट गर्दछ । उहा“ केही समय अघिदेखि जण्डिसको बिरामी हुनुहुन्थ्यो र मृत्यु हुनुभन्दा एक दिन अघि उपचारको लागि नया“ दिल्लीको एपोलो अस्पतालमा भर्ना गरिएको थियो । त्यही“ उहा“को मृत्यु भएको हो ।
बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका वार्ड नं. ७ निवासी श्री टेकबहादुर घर्ती बाग्लुङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख) मा राष्ट्रिय जनमोर्चाको तर्फबाट उमेदवार भई गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहा“ रक्तिम सांस्कृतिक अभियान, अनेरास्ववियु (छैठौं), अखिल नेपाल युवक संघ, नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चामा रहेर नेपालको लोकतान्त्रिक एवं कम्युनिस्ट आन्दोलनमा सरिक हुनुभएको थियो । बाग्लुङ जिल्लामा तात्कालिन ने.का. र माओवादीको ज्यादतिहरुका विरुद्ध सशक्त रुपमा लाग्नु भयो । त्यसक्रममा उहा“ ४ महिना जेल पनि बस्नु भयो । माओवादीले उहा“लाई अपहरण गरे, सम्पूर्ण सम्पत्ति जफत गरे, तैपनि ज्यादतिका विरुद्ध संघर्ष गरिरहनु भयो । उहा“ राष्ट्रिय जनमोर्चाको एक इमान्दार, जुझारु र कर्मठ नेता हुनुहुन्थ्यो । उहा“को निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ । उहा“ले पार्टी, क्रान्ति र जनताको सेवामा पु¥याउनु भएको योगदानको सम्मान गर्दै र निधनप्रति दुःख प्रकट गर्दै पुनः श्रद्धाञ्जली एवं शोकसन्तप्तप्रति समवेदना प्रकट गर्दछौं । 
बाग्लुङ जिल्ला, गल्कोट नगरपालिका वार्ड नं. ९ रिस्मी निवासी राष्ट्रिय जनमोर्चा गल्कोट न.पा वार्ड नं. ९ वडा समितिका सदस्य तथा समाजसेवी श्री यमबहादुर सापकोटाको २०७५ मंसीर १९ गते ६० वर्षको उमेरमा निधन भएको छ । उहा“ राष्ट्रिय जनमोर्चाको सक्रिय र इमान्दार स्थानीय नेता हुनुहुन्थ्यो । उहा“ले पार्टीमा रहेर पार्टी र समाजसेवामा पुराउनु भएको योगदानको सम्मान गर्दै उहा“प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार एवं आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।


चित्रबहादुर के.सी.
अध्यक्ष

Attachments area
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal